
पथरी । ताप्लेजुङको श्रीजंगा गाउँपालिकामा नोबेल शिक्षण अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तरगत गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ९ सय ६२ जना बिरामीको स्वास्थ्य जाँच गरिएको हो ।
नोबेलका अस्पताल प्रबन्धक नारायण दाहालका अनुसार उक्त स्वास्थ्य शिविरमा १०९ जनाको इसिजी, १८९ जनाको ल्याब परीक्षण, १९७ जनाको भिडियो एक्सरे गरिएको जनाए । स्वास्थ्य शिविरमा आएका मध्ये १३ जनाको दाँत खोलिएको थियो ।
स्वास्थ्य शिविरबाट महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा विपन्न समुदायका जनता बढी लाभान्वित भए ।
समाजसेवी समेत रहेका प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माको स्वास्थ्य सेवाको अभियानलाई सार्थकता प्रदान गर्नका लागि निःशुल्क स्वास्थ्य शिविर प्रभावकारी भइरहेको छ ।






