
पथरी । सुनबर्सी नगरपालिका– १ मोरङमा श्रीमान र श्रीमती मिले वर्ष १४ का बालकलाई हत्या गरेका छन ।
डिल्लीबहादुर माझीको छोरा विशाल माझीलाई हत्या गरेको सहोदर छिमेकी वर्ष ३५ का वीरेन्द्र पासवान र वर्ष ३४ डल्ली पासवानले हत्या गरेको हो । अहिले हत्या आरोपमा पासवान दम्पती पक्राउ परेका छन ।
हत्या गरिएको बिशाल माझी फागुन ११ गतेदेखी बेपत्ता थिए भने हिजो फागुन १७ गते उनको शव घर नजिकैको पोखरीको डिलमा गाडेको अवस्थामा पत्ता लागेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी टीकाबहादुर कार्कीका अनुसार पारिवारिक रिसइबीका कारण हत्या गरेको देखिएको देखिन्छ ।






