पथरी । इलाका प्रहरी कार्यालय पथरीले चोरीको २ वटा मोटरसाइकल सहित २ जनालाई पक्राउ गरेको छ । उर्लाबारीको सिमसार क्षेत्रबाट उर्लाबारी ९ दुर्गापुरीका वर्ष २७ का प्रदिप योन्जन र मझुवा ४ सिन्धुली वर्ष २५ का सरोज मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
उनिहरुलाई हिजो २१ गते आइतबारको दिन को ३८ प ९६१४ नम्बर पल्सर मोटरसाइकल र को २० प १९४२ नम्बरको पल्सर मोटरसाइकल सहित पक्राउ गरिएको थियो ।
प्रहरीले जानकारी दिए अनुसार यो मोटरसाइकल इटहरीबाट ३ दिन अगाडी फागुन २० गते हराएको र पक्राउ परेका मोटरसाइकल सहित उनिहरुलाई इलाका प्रहरी कार्यालय इटहरी नै पठाउने तयारी भएको पथरी प्रहरीले जनायो ।

तपाईको प्रतिक्रिया