पथरी । किरात राई चाम्लिङ खाम्बातिम केन्द्रीय समितिले १ न. प्रदेशलाई कोशी प्रदेश नामाकरण गरे पछि त्यसमा हस्ताक्षर गर्ने किरात राई सांसदहरुलाई बहिस्कार गर्ने निर्णय गरेको छ । फागुन २१, २२ र २३ गते खोटाङ दित्तेलमा भएको भाषिक राष्ट्रिय सम्मेलनबाट कोशी प्रदेशको पक्षमा मतदान गर्ने किरात राई सांसदहरुलाई बहिस्कार गर्ने निर्णय गरेको हो । किरात राई चाम्लिङ खाम्बातिमका केन्द्रीय अध्यक्ष युवराज राई (चाम्लिङ) का अनुसार कोशी प्रदेशको पक्षमा मतदान गर्ने सांसदहरुलाई खाम्बातिमको प्रदेश समिति, जिल्ला समिति, नग्र समिति, गाँउ पालिका समिति, वडा समिति र टोल समितिले आयोजना गर्ने कार्यक्रममा निम्तो नगर्ने नगराउने तथा सांसद आमन्त्रीत कार्यक्रममा जादा खाम्बातिमको जिम्मेवारीबाट अतिथी आसन ग्रहण नगर्ने निर्णय भएको थियो । किरात राई यायोक्खाको भातृ संगठनको रुपमा रहेको भाषिक संस्था “किरात राई चाम्लिङ खाम्बातिम” ले पहिचानको पक्षमा हस्तक्षेपकारी भुमिका निर्वाह गर्दै आएको छ । अध्यक्ष राईले बताए अनुसार यायोक्खाले पनि पहिचानको मुद्धा र प्रदेशको नामाकरण गर्ने सवालमा खास भुमिका निर्वाह गर्न नसकेको भन्दै ध्यानाकर्षण भएको बताए ।






