पथरी । पथरीशनिश्चरे २ छयालिसबिघेका सन्तोष राई सहित सःपरिवारले ३० लाख मुल्य पर्ने जग्गा स्वार्गिय बुबाको स्मृतिमा पथरी नगर अस्पताललाई दान गरेका छन ।
पथरीशनिश्चरे २ मा निर्माण भइरहेको ५१ बेडको अस्पताललाई स्वार्गिय भूपु बेलायत सेनाको हवल्दार रामबहादुर राईको स्मृतिमा २ श्रीमतीहरु गंगादेवी राई र विरनकुमारी राई छोरीबुहारी सन्तोष राई तुलसादेवी राई नातीहरु सतिस र ससितले जग्गा दान गरेको हो ।
१९९१ सालमा ताम्कु ६ संखुवासभामा जन्मीएका स्वा राईको २०७५ पुष २८ गते पथरीमा निधन भएको थियो । स्वार्गिय राईको स्मृतिमा छोरा सन्तोष सहित स परिवारले जग्गा उपलब्ध भएको अस्पताल भवन निर्माण, जग्गा खोजविन तथा जग्गादाता बाबुराम राईले बताए । अब कित्ताकाट खुल्ने र प्राबिधिक काम सम्पन्न भए पछि अस्पताललाई पास गर्ने जग्गादाता सन्तोष राईले बताए ।

तपाईको प्रतिक्रिया