पथरी । पथरीशनिश्चरेमा चैत्र २४ गतेबाट २७ गतेसम्म ४ दिन शहिद रत्नकुमार बान्तावाको स्मृतिमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । नेपाल बुद्धिचाल महासंघ पथरीशनिश्चरे नगर समितिले संयोजनमा फ्रेन्सीप चेस क्लव पथरीको आयोजनामा यस प्रतियोगिता पथरीशनिश्चरे १ सिनभिलेज पार्टी प्यालेसमा सञ्चालन गरिने भएको हो ।
नेपालका चर्चित रेटिङप्राप्त खेलाडीहरुको सहभागिता रहने यस प्रतियागिताको विजेतालाई पुरस्कार नगद ५१ हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो पुरस्कार नगद ३५ हजार रुपैयाँ, ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसैगरी तेस्रो नगद २५ हजार ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
चौथो पुरस्कार नगद २० हजार रुपैयाँ मेडल ट्रफि, प्रमाण पत्र, पाँचौं पुरस्कार नगद १५ हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र, छैठौं पुरस्कार नगद १४ हजार रुपैया, ट्रफि मेडल र प्रमाणपत्र, सातौं पुरस्कार नगद १३ हजार रुपैयाँ, ट्रफि मेडल र प्रमण पत्र, आठौं पुरस्कार नगद १२ हजार रुपैयाँ, ट्रफि मेडल र प्रमण पत्र, नवौं पुरस्कार नगद ११ हजार रुपैयाँ, ट्रफि मेडल र प्रमाण पत्र र दशौं पुरस्कार नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाण पत्र रहेको छ ।
११ औं पुरस्कार नगद ७ हजार ५ सय रुपैयाँ ट्रफि मेडल र प्रमाण पत्र, प्रदेश खेलाडीलाई नगद ६ हजार ट्रफि मेडल र प्रमाणपत्र, अनरटेड पुरस्कार नगद ५ हजार ५ सय रुपैयाँ ट्रफि मेडल र प्रमाण पत्र, भेट्रान खेलाडी पुरस्कार नगद ५ हजार ट्रफि मेडल र प्रमाण पत्र साथै महिला खेलाडीलाई नगद ५ हजार ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक समितिको अध्यक्ष डम्बर बाछाना राईले बताए ।

तपाईको प्रतिक्रिया