पथरी । पथरी नगर अस्पताललाई चलनचल्तीको मुल्य अनुसारमा ४० लाख पर्ने एक कठठा जग्गा बावु आमाको नाममा प्रदान गरिएको छ ।
पथरीशनिश्चरे २ छयालिस बिघेमा बस्ने वर्ष ९२ को नरध्वज मेवाहाङ राई र मिनमाया मेवाहाङ राईको नाममा मोरङ मधुमल्ला ६ द १५१२ कित्ता नम्बरको एक कठठा  जग्गा अस्पताललाई दान गरेको हो ।
संखुवासभाको साविक ताम्कु १ मा जन्म भएका आफना बावुआमाको नाममा पथरी नगर अस्पताललाई १ कठठा जग्गा दिने गरि सम्झौता भएको र कित्ताकाटको लागी प्रविधीक काम सकेर अस्पताललाई जग्गा पास गरिदिने साइला छोरा विजय राईले बताए ।
अहिले पथरी नगर अस्पतालको भवन निर्माणको काम द्रुत गतिमा अगाडी बढी रहेको जग्गादाताहरुले जग्गा पनि उपलब्ध गराई रहेकोले आफहरु उत्साहीत भएर काम गरीरहेको अस्पताल भवन निर्माण रेखदेख तथा जग्गा खोजविन समितिका अध्यक्ष बाबुराम राईले बताए ।

तपाईको प्रतिक्रिया