
पथरी । पथरी नगर अस्पताललाई पथरीशनिश्चरे २ शिव चौकका एक दम्पतीले जग्गा दान गरेका छन ।
वर्ष ७७ का बिष्णुबहादुर श्रेष्ठ र वर्ष ७२ का मनमाया श्रेष्ठले पथरी नगर अस्पताललाई १० धुर जग्गा दान गरेका हुन ।
स्थानिय चलनचल्तीको भाउ अनुसार २ लाख रुपैयाँ धुरका दरले पर्ने १० धुर जग्गा अस्पताललाई दान गरेको श्रेष्ठ दम्पतीले बताए ।
अस्पताल भवन निर्माण रेखदेख तथा, जग्गा खोजविन समितिका अध्यक्ष बाबुराम राईका अनुसार अब कित्ताकाट खुलेपछि सबै जग्गादाताहरुले प्रदान गरेको जग्गा अस्पतालको स्वामित्वमा ल्याउने गरि काम गरिने बताए ।






