पथरी । पूर्व नेपाल च्यम्पीयन खेलाडीहरु सहित सहभागी हुने दोस्रो राष्ट्रिय सहिद रत्नकुमार बान्तवा फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता २०६९ को उदघाटन भोली चैत्र २४ गते सुरु हुदैछ ।
मोरङको पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्बापोको हातबाट आयोजित प्रतियोगिताको उदघाटन हुने भएको हो ।
पूर्व च्याम्पियनहरु बद्रीलाल नेपाली, नवीन तन्दुकर, बिमललाल श्रेष्ठ, सुरवीर लामा, केशव श्रेष्ठ, मनिस हमाल, निरज निरौला सहित नेपालका चर्चित तथा राष्ट्रिय खेलाडी सहभागी हुने आयोजकले जनाएको छ ।
फ्रेण्डसीप चेस क्वबको आयोजनामा चैत्र २४ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता पथरीशनिश्चरेका उदयमान खेलाडीहरुको समेत सहभागीता रहने छ । यस प्रतियोगितामा नेपालका १५० भन्दा बढी खेलाडीहरुले सहभागीता जनाउने छन ।
खेल बिजेतालाई ५१ हजार नगद, तोस्रो, तेस्रो, चौथो, पाँचौ हुनेलाई क्रमस ३५, २५, २०, १५ हजार नगद, प्रमाणपत्र र मेडल पुरस्कार प्रदान गरिने आयोजक समितिको सदस्य डम्बर बाछना राईले बताए यस खेलको मुख्य सहयोग पथरीशनिश्चरे नगरपालिका कार्यालय रहेको आयोजक समितिको नेपाल बुद्धिचाल महासंघ नगर समिति पथरीशनिश्चरेका अध्यक्ष डम्बर बाछानाले बताए ।
यस प्रतियोगितामा सहभागी गराएर स्थानिय खेलाडीहरुलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडीहरुको रुपमा उत्पादन गर्नु मुख्य उदेश्य रहेको फ्रेन्डसिप चेस क्लबका अध्यक्ष अमिर राईले बताए ।

तपाईको प्रतिक्रिया