
पथरी । नोवेल शिक्षण अस्पताल विराटनगरमा विपन्न महिला वर्ष ५५ बाटुली बिकको निशुल्क उपचार गरिदिएको छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिका–१० बरपिपल टोलमा बस्ने विश्वकर्माको नोबेल शिक्षण अस्पतालमा निशुल्क उपचार गरिदिएको हो । बिकको मुटुमा रगत जमेको र मस्तिष्कको नसामा समस्या रहेकोले उनको उपचार निशुल्क रुपमा गरिदिएको अस्पतालका संचालक तथा संघिय सांसद सुनिल शर्माले बताए ।
उपचार गर्ने पैसा नभएर विक दुखाईको पीडा सहेर सुकुना खोला बगरको ऐलानी जग्गामा बनाइएको टाटीको झुपडीमा बसि रहेकी थिइन । उच्च रत्तचापको कारण गतवर्ष बाटुलीका श्रीमानको मृत्यु भएको थियो भने, छोराछोरी पनि छैनन् ।






