पथरी । पथरीशनिश्चरे १ फुलबारी चौकका रत्नबहादुर राईलाई फ्रन्सीप चेस क्लबले सम्मान गरेको छ । फ्रेन्सीप चेस क्लबले आयोजना गरेको दोस्रो राष्ट्रिय रेटिङ चेस प्रतियोगिताको उदघाटन कार्यक्रममा राईलाई नगद ५ हजार रुपैयाँ सहित सम्मान गरेको हो ।
पथरीमा चेस खेल विकासमा राईको योगदान रहेकोले अघिल्लो पुस्तालाई सम्मान गर्दै नगद पुरस्कार सहित पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले र बुद्धिचाल महासंघका महासचिव धरम लामाले संयुत्त रुपमा सम्मान पत्र दोसल्लाले सम्मान गरेको थियो ।
आज चैत्र २४ गतेबाट पथरीशनिश्चरे नगर पालिका कार्यालय मुख्य सहयोगी रहेर राष्ट्रिय रेटिङ चेस प्रतियोगिता खेल सुरु भयो । पथरीको सिनभिलेज पार्टी प्यालेसमा ४ दिनसम्मा सञ्चालन हुने प्रतियोगितामा देश भरका १ सय ५० जना भन्दा बढी खेलाडीहरुले सहभागिता जनाईरहेका छन ।

तपाईको प्रतिक्रिया