
पथरी । पथरीशनिश्चरे ७ का निर्माण ब्यवसायी अर्जुन जोगीले पथरी नगर अस्पताललाई जग्गा दान गर्ने घोषणा गरेका छन । आज चैत्र २४ गते शुक्रबार अस्पताल भवन निर्माण रेखदेख तथा जग्गा खोजबिन समितीका अध्यक्ष बाबुराम राई स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य सहित अन्य जग्गादाताहरुको सामुहिक उपस्थितीमा जग्गा अस्पताललाई जग्गा दिने बचनबद्धता गरेका हुन ।
आफना स्वार्गिय बाबु रामचन्द्र जोगि र आमा स्वा विष्णुमाया जोगीको स्मृतीमा अस्पताललाई १० धुर जग्गा अस्पताललाई दान गर्ने जग्गादाता अर्जनु जोगिले बताए । बुबा रामचन्द जोगिको मिति २०५२ सालमा ७२ वर्षको उमेरमा निधन भएको थियो भने आमा स्वाः विष्णुमाया जोगिको २०७६ सालमा ९४ वर्षको उमेरमा निधन भएको थियो ।
दोलखामा जन्मेका स्वार्गिय जोगि दम्पतीको ५ भाई छोराबुहारी सहित नातिनतिनी पनाती पनातिनी सहित पथरीशनिश्चरे ७ मा बसोबास रहेको छ ।






