
पथरी । हिजोचैत्र २४ गते देखी पथरीमा सञ्चालित दोस्रो रत्नकुमार बान्तावा स्मृति रेटिङ राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपाल च्याम्पीयनलाई स्थानिय खेलाडीहरुले बराबरी खेलेका छन । पथरीशनिश्चरे २ घर भएका सागर साम्बाले वर्तमान नेपाल च्याम्पीयन पुरुषेतम चौलागाई चौथो राउण्डमा रोकिदिएका छन ।
यस्तै पथरीशनिश्चरे १ का जीवन राईले रेटेड १८ सय रेटिङ भएका खेलाडीलाई चुडामणि राईलाई पराजित गरे । पाँचौ राउण्ड सञ्चालन रहेको भईरहेको आयोजक समितिका अध्यक्ष अमिर राईले बताए ।






