पथरी । ५ खेलमा ४ जितेर १ खेल बराबरी खेल्दै पथरीशनिश्चरे २ का सागर साम्बा आफुलाई उपाधी दाबेदारी खेलाडीको रुपपमा प्रस्तुत गरेका छन ।
फ्रेन्सीप चेस क्लव पथरीको आयोजना नगर बुद्धिचाल संघ पथरीशनिश्चरेको संयोजनमा हिजो चैत्र २४ गते उदघाटन भएको खेलमा आफुलाई उपाधी दाबेदारी खेलाडीको रुपमा उभाएका हुन । पथरीशनिश्चरे नगर पालिका कार्यालय मुख्य सहयोगी रहेको यस प्रतियोगिता पथरीशनिश्चरे २ को सिनभिलेज पार्टी प्यालेसमा सञ्चालन भईरहेको छ ।

साम्बाले तेस्रो चरणमा नेपाल च्याम्पियन पुरूषोत्तम चौलागाईँलाई बराबरीमा रोकेका थिए भने चौथो चरणमा १७९५ रेटेड चुडामणी कुलुङ राई पराजीत गरेका थिए । दोस्रो दिनको अन्तिम खेल पाँचौ चरणमा भने साम्बाले १७०७ रेटेड कमल मैनालीलाई पराजीत गरे । साम्बाले भोलि विहान छैटौँ चरणमा पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीसँग प्रतिस्पर्धा गर्नेछन् ।
पाँचौ चरणको खेल सकिदासम्म पूर्व नेपाल च्याम्पियनद्वय बद्रीलाल नेपाली, नवीन तण्डुकार र प्रकाश चन्द्र नेपाल, सतप्रतिशत जीत दर्ता गर्दै शीर्ष तीनमा रहेका छन् ।
स्थानीय खेलाडीहरू श्याम लिम्बू ( ४ अंक), उद्धवराज थापा, जीवन राई, निलम बस्नेत (३.५ अंक) लिएर खेलिरहेका छन् ।

तपाईको प्रतिक्रिया