पथरी । सहिद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता—२०७९ को उपाधि पूर्ब राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपाली विजयी भएका छन ।
फ्रेण्डसीप चेस क्लब पथरीशनिश्चरे मोरङले आयोजना र नगर बुद्धिचाल महासंघ पथरीशनिश्चरेको संयोजनमा ४ दिनसम्मा सञ्चालित प्रतियोगितामा खोमप्रसाद तिम्सिना दोस्रो र प्रकाशचन्द्र नेपालले तेस्रो भएका हुन ।
प्रथम हुन सफल नेपालीले ५१ हजार नगद पुरस्कार, ट्रफि, मेडल र प्रमाणपत्र पाए । दोस्रो स्थान कब्जा गरेका तिम्सीनालाई नगद पुरस्कार ३५ हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो भने तेस्रो हुन सफल नेपाललाई नगद पुरस्कार २५ रुपैयाँ, प्रमाण पत्र र ट्रफी प्रदान गरिएको थियो ।
खेलको चौथो स्थानदेखी १५ औं स्थानसम्मा नवीन तन्दुलकार, पुरुषोतम चौलागाई, सुमन श्रेष्ठ, विश्वविजय घिमिरे, भुपेन्द्र निरौला, प्रेम लिम्बू, रिसन थापा, चुडामणी कुलुङ राई, लोकसागर साम्बा, बलबहादुर तामाङ र निलम बस्नेत हात पारे ।
क्याटागेरी स्थानहरुमा बसन्त लामा प्रदेश नं. १ को प्रथाम, अनरेटेडमा बलबहादुर बस्नेत, भ्याट्रनमा उद्धवराज थापा, महिलामा सिन्दिरा जोशी, इलो १७०० मा प्रशान्तदास चेम्जोङ, इलो १५०० अबिन पाण्डे, स्थानीय विद्यालय प्रथम पुस्कर राई, दोस्रो बिप्लव मगर, फरक क्षमता भएका मध्ये क्रिस सेनेहाङ, अनुशासित खेलाडीमा रोहित सुब्बा, १४ बर्ष मुनिकामा पुर्निमा गुरुङ, १० बर्ष मुनि खेलाडीमा युआन बज्रचार्य, उत्सव थापा, सौरव बस्नेत र उदियमान खेलाडीमा आयुस मगरले जितेका छन् ।
प्रतियोगिताको मोरङ प्रथम उमेश राई भएका छन् भने पथरीशनिश्चरेका खेलाडीहरु मध्ये कृष्णकुमार राई प्रथम, देवेन्द्र वनेम दोस्रो, जीवन राई तेस्रोे भएका छन् ।

तपाईको प्रतिक्रिया