पथरी । पथरीशनिश्चरे २ साधुटोलका वर्ष ४० का उज्वलदिप राई ५ हजार रुपैयाँ लगानीमा गरेको ब्यापारले परिवार चलाईरहेको छन ।
स्थानिय लोकल सागसब्जीहरु, फलफुल र सिद्रा माछाको ब्यापारले परिवार चलाई रहेका हुन ।
भोजपुरको च्याँङग्रेमा जन्मेका उज्वलदिप राई २ छोरी र श्रीमती सहित पथरी साधुटोलमा बस्छन । यो ब्यापारबाट नै उनले परिवार चलाएका छन । २ छोरीहरु स्थानिय जुनतारा बोडिङ स्कुलमा पढछन । दैनिक ४ हजारसम्माको ब्यापार गर्ने उनि बताउछन । यसरी ब्यापार गर्दा दैनिक ७ सय देखी १ हजार रुपैयाँसम्मा कमाउछन । बिजुली पानीको बिल परपाहुना समेत यो पेशाले नै धानी रहेको बताउछन ।
ब्यापार गर्न लाखौं रुपैयाँ लगानी गर्नु पर्दैन भन्ने उदाहरण हो यो । सानो लगानीबाट नै परिवार अर्थात घर खर्च चलाउन सकिने राईको अनुभव छ । घरमा श्रीमतीले सुङगुर कुखुराका काम गर्छन भने उज्वलदिप साइकलमा आफनो ब्यापारको लागी गाँउ, बजार, टोल र चौक चहार्छन ।

तपाईको प्रतिक्रिया