
पथरी । पथरीशनिश्चरे २ बुद्धचौकमा एक चौधरी दम्पतीलाई दिउसो २ बजेदेखी मकै पोलेर दिन भ्याई नभ्याई हुन्छ ।
तगारीमा कोइला बालेर पटयासले हम्काउदै मकै पोलेर स्थानिय ब्यापारी बाटोमा हिडने यात्रीहरुलाई हैरानले पुर्याउदै थिए । मुख्य चौक नै भएकोले ६० घोगा भन्दा बढी बेच्ने उनिहरुले बताए । यसरी मकै पोलेर बेच्दा खर्च कटाएर ५ सय रुपैयाँसम्मा रोजी बस्ने उनिहरुले बताए । काम राम्रो मकैको घोगालाई २५ रुपैयाँमा बेच्ने उनिहरुको काम र कमाई हेर्दा सानै लगानीले पनि ब्यवसायी बन्न सकिने देखिन्छ ।






