
पथरी । पथरीशनिश्चरे ७ मा माछा मार्दा करेन्ट लागेर एक युवाको ज्यान गएको छ ।
आज बिहिबार करिब ११ बजेको समयमा पथरीशनिश्चरे ७ को वडा कार्यालय छेउको पथरी खोलामा उनको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय पथरीका डिएस्पी लक्ष्मी भण्डारीका अनुसार वर्ष १६ का सुजन चेम्जोङ लिम्बुको ज्यान गएको बताए ।
माछा मार्न स्थानिय अजयदेव लिम्बुको घरबाट विजुली तानीको डिएस्पी भण्डारीले बताए ।
मृतकको लाश हाल मदन भण्डारी ट्रमा सेन्टरको लाशगृहमा राखिएको बताउदै भोली पोष्र्टमाटम हुने जानकारी दिन ।
अन्य बिषयमा भने अनुसन्धान जारी रहेको डिएस्पी भण्डारीको भनाई रहेको छ ।






