
पथरी । नेपाल सितोरिया कराते संघ र पथरी कराते एकेडेमीले बैसाख ९ गते शनिबार एक दिवसिय कराते प्रतियोगिता हुने भएको छ ।
करिब ४ लाख अनुमानित खर्च हुने आयोजित कार्यक्रम पथरीको सिनभिलेज पार्टी प्यालेसमा हुने भएको हो ।
प्रदेश सरकारबाट ३ लाख सहयोग रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गरायो ।
सबै खेलाडीलाई खेलप्रति आर्कषण बढाउने र युवा पुस्तालाई लागु औषध दुरब्यसनिबाट जोगाउने उदेश्यले यो खेलको आयोजना गरिएको खेल चन्द्र पराजुलीले जानकारी गराए ।






