नविना राई खुर्सानी टिप्दै ।
पथरी । पथरीशनश्चरे २ देवीगञ्जका नविना राईले काँक्रा, फर्सि, लौका, खुर्सानी रोपेर धमाधम पैसा समात्दैछिन । हरियो जातको काँक्रा रोपेर मात्रै ३० हजार बराबर कमाई गरिन । अझै उनको बारीमा काँक्रा फलिरहेको छ ।
नविना राईको श्रीमान बैदेशिक रोजगारीको लागी लामो समय खाडी मुलुक बसे । खाडीमा कमाएको पैसाबाट देवीगञ्जमा ४ कठठा जग्गा किनेर अहिले त्यही जग्गामा तरकारी खेतीसंगै बंगुर फारम समेत चलाएकी छिन । बंगुर फारमबाट उत्पादन भएको मल शब्जीबारीमा लगाउछन । अर्याग्यानिक शब्जी उत्पादन गर्छन । आफुले उत्पादन गरेको साग सब्जी तरकारी आफै साइकलमा क्रेट राखेर खुद्रा मुल्यमा बेच्छन । अहिले राईको बारीमा १ सयवटा खुर्सानीको बोटमा लटरम्म फलेको छ । एक बोट खुर्सानीले सरदरमा ४ किलो उत्पादन दिने अनुभव सुनाउछिन । प्रतिकेजी १२० रुपैयाँमा बेच्छीन । लहलह फर्सिको मुन्टा र त्यसमा फलेको गट्टा, बजारमा बढी माग रहेको बताउदै २ पैसा बढीमा बेच्न सकिने अनुभव सुनाए ।
उनि प्राय सब्जीबारीमा नै भेटिन्छन । यसबेला रायो साग कलकलाउदो छ भने तरकारी उत्पादन भएर सकिएको ठाउँमा अरु सब्जी लगाउन तयारी गरेका छन ।
साग सब्जीको आलवा उनले बंगुरको हाइब्रिड बिर पालेका छन । माग अनुसार बिरलाई प्रजननको लागी किसानको घरमा पुर्याउछन । गर्दा सम्भव छ ।
तस्वीरहरु

तपाईको प्रतिक्रिया