खोटाङ । खोटाङमा करिव ९० लाखको लागतमा कोल्ड स्टोर (चिस्यान केन्द्र) निर्माण भएको छ ।
रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपामा ३० टन भार क्षमताका (चिस्यान केन्द्र) निर्माण सम्पन्न भएको हो । उक्त कोल्ड स्टोरको शुक्रबार प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरे । किसानले उत्पादन गरेका हरियो तरकारी, आलुको बीउ, फलफूल लगायतका कृषि उपज भण्डारणका लागि चिस्यान केन्द्र निर्माण गरिएको हो ।






