पथरी । साविक पथरी गाँउ पञ्चायतका प्रधानपञ्च (संस्थापक जनप्रतिनिधी) कृष्णबहादुर सुब्बाको निधन भएको छ । २०३९ सालमा प्रधानपञ्च निर्वाचित भएका सुब्बाको बुधबार निधन भएको हो । पथरी गाउँ पञ्चायत बनाइए पश्चात २०३९ बैसाख ३१ गतेको निर्वाचनबाट सुब्बा प्रधानपञ्चमा निर्वाचित भएका थिए । २००५ साल साउन ६ गते इलाममा जन्म भएका सुब्बाको २०८० बैसाख २२ काठमाण्डौंमा निधन भएको हो । पञ्चायत शासनको अन्त्य भए पश्चात पथरीबाट बसाई सरेका थिए । तस्वीर समाचार स्रोत खोजकर्ता दिपेन्द्र तिम्सीना ।

तपाईको प्रतिक्रिया