विजय खम्बू
पथरी । पथरीशनिश्चरे र आसपासका नगर क्षेत्रहरुमा भुटानी शरणार्थी बनाएर अमेरिका लाने बहानामा ५० जना भन्दा बढी मानिषहरु ठगिएको खुल्न आएको छन ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउछौँ भन्ने गिरोहले पथरीशनिश्चरे, उर्लाबारी र लेटाङ नगरपालिकामा बसोबास गर्ने मानिसलाई ठगि गरेको खुल्न आएको हो ।
समाचार स्रोतले बताए अनुसार पथरीशनिश्चरे नगरपालिका वडा न. १० का पूर्ववडा अध्यक्ष सागर राईको माध्यमबाट १० लाख रुपैयाँदेखी ६५ लाख रुपैयाँसम्मा ठगिनेहरुको लर्को छ ।
(निर्मल श्रेष्ठ) नाम परिवर्तनका अनुसार यो गिरोहले ३ महिना भित्रमा नेपालबाट अमेरिका उडाउने सर्तमा सयौंजना मानिसहरुबाट करोडौं रुपैयाँ रकम संकलन गरेको थियो ।
(निर्मल श्रेष्ठ) नाम परिवर्तनले जनाए अनुसार पूर्व वडाअध्यक्ष सागर राईले पैसा पठाउन भने पछि आफुले राजेन्द्रमान श्रेष्ठको नाममा रहेको प्रभु बैकको खातामा ५ लाख रुपैयाँ जम्मा गरेको भौचर सुरक्षित छ । उनले २०७७ पौष १ गतेका दिन राजेन्द्रमान श्रेष्ठको नाममा पैसा जम्मा गरेका छन । उनले जम्मा यो टिमलाई १० रुपैयाँ भुत्तानी गरिसकेका बताउछन । त्यसको प्रमाणको रुपमा चेक लगायत रहेको उनको भनाई रहेको छ ।
आफुलाई भनिएको समयमा उडाउन नसकेपछि नाम नबताउने सर्तमा एक युवाले पैसा समेत फिर्ता लिएको बताए । जम्मा १० लाख रुपैयाँ दिएको तर करिब साढे ५ लाख रुपैयाँ सागर राईले फिर्ता गरेको बताए । अमेरिका पठाउने गिरोहबाट ठगिनेको संङख्या थुप्रै भएपनि सबै जना खुल्न चाहदैनन् । पैसा त फसियो, जाहेरी दर्ता गर्दा आफुहरु समेत फसिन सक्ने अवस्था रहेको कारण जाहेरी नदिएको बताउछन ।
कालिमाटी प्रहरी हिरासत काठमाण्डौंमा रहेका पूर्व वडा अध्यक्ष राईले जसरी भए पनि आफ्नो माध्यमबाट ब्यावहार गरेका मानिसलाई प्रहरी हिरासतबाट निस्कीए पछि दिने आश्वसन दिएका कारण जाहेरी दिएका छैनन् ।
राईसंगै पक्राउ परेका अर्का अरोपी, पूर्वपरराष्ट्रमन्त्री सुजता कोइरालाका स्वकिय सचिव केशव दुलाललाई आफुहरुको पैसा फिर्ताका लागी हिरासतमा भेटन जाँदा पिडितहरुलाई आफु मन्त्री हुने र कोको अमेरिका जाने हो तयारी रहनु भनेर भन्ने गरेको बताउछन ।
पिडितहरुले बताए अनुसार एक जना अमेरिका उडे बराबर २५ लाख रुपैयाँ बुझाउने सर्त थियो । उर्लाबारीका एक जनाले १७ लाख बुझाएका छन भने लेटाङ नगरपालिकाका एक परिवारले ६५ लाख बुझाएका छन । यो सबै रकमहरु पूर्व वडा अध्यक्ष सागर राईको माध्यमबाट सानु भण्डारी र केशब दुलालहरुको अगाडी बुझाइएको उनको भनाई छ ।
पैसा बुझाउदा त्यसबेला नचिनिएका ब्यातीहरु हाल आएर चिनिँदा सन्दीप रायमाझी प्रतिक थापामगर लगायतहरु उपस्थित रहेको उनिहरुको भनाई छ ।
पथरीका केही युवाहरुले सागर राई लगायतका मानिसहरुलाई बिपक्षी बनाएर जाहेरी दर्ता गराएका छन भने अन्य युवाहरुले नितिगत अष्पस्टताका कारण जाहेरी दिएका छैनन । यो गिरोहबाट पथरीशनिश्चरे नगर र आसपासका मानिस ५० भन्दा ठगिएको अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया