
पथरी । पथरीशनिश्चरे नगरपालिका किरातीचौक मोरङका सुखदेव लिम्बु अहिले कवाडी ब्यापारमा रमाउन थालेका छन ।
अक्सर रुपमा भारतिय मुलका ब्यापारीहरु कवाडी ब्यापार भेटिए पनि अहिले नेपालको पहाडिया समुदायबाट यो ब्यापारमा लाग्ने सुखदेव लिम्बु सम्भवत पहिलो ब्यात्ती हुन ।
४७ वर्ष उमेर पुगेका सुखदेव लिम्बु दैनिक सरदर १ हजार कमाई गर्ने गरेको बताउछन । पसलहरुबाट फोहोर मैलाको रुपमा निस्कने काटुन, प्लाष्टिकका बोत्तल, सिसाका बोत्तल, थोत्रा फलाम तथा रटका टुक्राहरु संकलन गर्छन ।
संकलन गरेका कच्चा पदार्थहरुलाई संकलन केन्द्रमा पुर्याएर दिन्छन । साइकलमा बोकेर पसल दोकनबाट संकलन गरेका सामानहरु बेच्दा घर परिवार चलाउन सकिने अनुभव सुनाए ।
अब निरन्तर यही पेशामा लाग्ने लिम्बु बताउछन । लिम्बु भन्छन, मैले यो ब्यापार थाल्दा सबैले माँया गरेर सामान दिने गरेको बताउदै बिहान ७ बजे देखी बेलुका ७ बजेसम्मा काम गर्न सकिए अझ बढी कमाई हुने अनुभव सुनाए ।






