भुटानी शरणार्थीहरुले शनिश्चरे शिविर क्याम्प मोरङमा आफनो प्रतिनिधी चुनेपछिको सामुहिक फोटो । तस्वीर चम्पासिङ राईको फेसबुकबाट
विजय खम्बू
पथरी । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोह २ जना पूर्व गृहमन्त्रीसहित १४ जनालाई अनुसन्धानको लागी प्रहरीले पक्राउ गरिसकेको अवस्थामा असली भुटानी शरणार्थीहरु भने नेपालमा नै आफनो चिहान चौतारी बनोस भन्ने अपेक्षा राख्दछन ।


भुटानको माटोलाई छोडेर नेपालको झापा र मोरङमा शरणार्थी जीवन बिताएको ३३ साल भयो । भुटानबाट बृदबृदा आएकाहरु नेपाली माटोमा बिलिन भइसके, तन्नेरी अवस्थामा आएकाहरु बृदाबृदा भए, केटाकेटी र गर्भमा आएकाहरु बयस्क तन्नेरी छन ।
भुटानी शरणार्थीहरुलाई यूएनएचसिआर, आइओएम, कारितास लगायत संस्थाहरुले गाँस वास कपास शिक्षा स्वास्थ्यमा सहयोग गर्दै आएको थियो । केही वर्षदेखी पुर्णरुपमा सबै सहयोग बन्द छ ।
अमेरिका, बेलायत, क्यानडा लगायत ६ राष्ट्रहरुले १ लाख १० हजार जनालाई आफनो देशको नागरिक बनाएर तेस्रो देश पुर्नवास भयो । आफनै देश भुटान फर्किन चाहने ६ हजार ५ सय जना हाराहारीमा झापाको बेलडाँगी र मोरङको शनिश्चरेमा बसेका छन ।
उनिहरु स्थानियसंगै काम गरेर आधारभुत आवश्यकता पूरा गर्छन । कतिपय मानिस काम गर्न नसक्ने भएको र आफन्तहरु पनि तेस्रो देश पर्नवास गएको कारण खाना पकाएर खान नसक्ने अवस्थाको समेत रहेको शनिश्चरे मोरङका क्याम्प सचिव चम्पासिङ राईले बताए । आफन्तहरुले आर्थिक रुपमा सहयोग गरे पनि पृथ्वीमा अनागरिक भएर बस्नु परेको पिडा सहिएका छौं ।
तेस्रो देश पुर्नवास गर्न नचाहने भुटानीहरुलाई आफनो पुख्र्यौयउली थात थलो नेपाल नै रहेकोले आफुहरुलाई नेपाल सरकारले नै नेपाली नागरिक बनाएर राख्नु पर्ने माग रहेको शनिश्चरे क्याम्पका प्रमुख सचिव चम्पासिङ राईले बताए ।
यसका लागी स्थानिय सरकार, प्रदेश सरकार र संघ सरकारसंग जोडदार माग राखिरहेको सम्पूर्ण भुटानी शरणार्थीहरुको तर्फबाट राई बताउछन ।
राष्ट्रिय चर्चाको विषय नेपाली नागरिकहरुलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने बिषयमा प्रश्न गर्दा आफुहरुलाई आधिकारीक जानकारी नभएको बताए । सामाजिक संजालबाट मात्र थाह भएको राईले बताए ।

 

तपाईको प्रतिक्रिया