
सुङगुरको खाना बनाउदै मणि राई ।
विजय खम्बू
पथरी । पथरीशनिश्चरे २ देवीगञ्जका मणि राईले क्यानसर जितेर आएपछि अहिले सुङगुर स्याहार्दै आएका छन ।
सुङगुरलाई खानाको लागी हरियो झारपात खोज्न, खोर सफा गर्न र पकाए खुवाउदै सुङगुर स्याहार गर्दै आएका हुन ।
२ वर्ष लगाडी २०७८ सालमा गालाको भित्रीपट्टी क्यानसर पत्ता लागेको प्रमणित भएपछि धरान घोपामा सफल अप्रेसन भयो ।
४२ वर्ष उमेर रहेका मणि राईले बिर्तामोड स्थित पूर्वाअञ्चल क्यानसर अस्पतालमा उपचार रेडियो थेरापी गरे ।

मणि राईको खोरमा माँउ पाठा सहितको लोकल सुङगुर ।
भोला गुटकाको कारण क्यानसर भएका उनी हाल क्यानसरमुत्त छन । अहिले उनिसंग ३ माँउ सुङगुछ । २ माउको पाठा पाठी ५१ हजारमा बिक्री गरिसके । १ माउको पाठापाठी बिक्री गर्ने तयारीमा छन । अब खोर थपेर मासुका लागी लोकल जातका सुङगुर पाल्ने बताए ।
सुङगुर पालेर परिवार चलाउन सकिने उनको अनुभव छ ।







