पथरी । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लाने गिरोहको रुपमा अधिकारकर्मी टेकनाथ रिजाल पक्राउ परेका छन ।
उनलाई आज जेठ ४ गते बिहिबार झापाबाट नेपाल प्रहरीले पक्राउ गरेको हो ।
तेस्रो देश पुर्नबासको क्रममा अधिकारकर्मी रिजाललाई कुनै देशले पनि लान नमानेको समाचार स्रोतले जनायो ।
धेरै पटक तेस्रो मुलुक पुर्नवासका लागी आबेदन दिए पनि उनको फाइललाई सम्बन्धीत अधिकारीहरुले प्रकृयामा नछिराए पछि नेपालमा नै बस्दै आएको समाचार स्रोतको दाबि छ ।


समाचार स्रोतले जनाए अनुसार अन्य भुटानी ब्यात्तीहरुको समेत गिरोहमा संलग्न रहेको बताइन्छ । हामीले भुटानी शरणार्थीहरुको समस्यालाई धेरै पटक नेपाल सरकार समक्ष पेश गर्दा पनि सफल नहुनुको मुख्य कारण यिनै अधिकारकर्मीको अवरणमा रहेका रिजालहरु चरित्रको कारण बुझिएको भुटानी शरणार्थीका एक अगुवाले जनाए । तस्वीर स्रोत रिजालको समाजिक सञ्जाल फेसबुक

तपाईको प्रतिक्रिया