
प्रदेश सभा कार्यालय विराटनगरमा सुरक्षा सतर्कता अपनाउदै निषेधज्ञा क्षेत्रमा सुरक्षाको लागी राखिएको प्रहरी ।
पथरी । प्रदेश न. १ लाई प्रदेशसभाले कोशी नामकरण गरिए पछि असान्ती बनिरहेको अवस्थामा आज जेठ १४ गते पहिचानबादीहरुले प्रदेशसभा र मुख्यमन्त्रीको कार्यालयमा घेराउ गर्दैछन ।
आजकै मितिमा प्रदेशसभा बैठक राखिएपछि उत्त बैठकलाई लक्षित गरेर प्रदेशको पुन: नामकरण गरि पहिचान झल्कने नाम राख्न दवाब दिने उदेश्यले प्रदेशसभा घेराउ गर्दै गरेका हुन ।

१४ जिल्लाको बिभिन्न गाँउबस्तीहरुबाट पहिचानबादी युवाहरुलाई विराटनगरमा केन्द्रित गरेको पहिचानबादी युवा नेता अर्जुन जम्नेली राईले बताए ।
यता जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको बिभिन्न स्थानमा निषेधज्ञ जारी गर्दै बिज्ञप्ती निकालेको छ ।






