
विराटनगर । कोशी प्रदेश नाम खारेज अभियानमा रहेका पहिचानबादीलाई प्रहरीले धरपकट सुरु गरेको छ ।
आज जेठ १४ गते आइतबार बोलाइएको प्रदेश सभा बैठकलाई लक्षित गरि बिरोध गर्न आएका पहिचानबादी आन्दोलनकर्मीहरुलाई प्रहरीले पक्राउ गर्न थालेको हो ।
पक्राउ पर्नेहरुमा थाङसाङ लावती लगायत रहेको आन्दोलनरत पक्षका नेता अर्जुन जम्नेली राईले बताए ।
जिल्ला प्रशासन कार्यालय मोरङका प्रबत्ता डिएसपी रञ्जन दाहालका निषेधित क्षेत्रबाट गुलेलीहरु सहितका १४/१५ जना मानिस नियन्त्रणमा लिएको पुष्टी गरेका छ ।






