
पथरी । जनता समाजबादी पार्टीका केन्द्रिय सदस्य लोकसागर साम्बाले प्रदेश सरकार नछाडेमा पार्टी छाडने बताएका छन ।
साम्बाले तिम्मा न्युजसंग कुराकानी गर्दै पहिचानको आन्दोलन चर्कीरहेको अवस्थामा पार्टी प्रदेश सरकारमा बसिरहनुको औचित्व नभएको भन्दै सरकार नछाडे पार्टी छाडने बताएका हुन ।
बजेट निर्माण गर्न प्रदेशसभा बैठकलाई लक्षित गरि बिरोध आन्दोलनमा सहभागी हुन आएका साम्बाले पार्टी पङती आन्दोलनको मैदानमा जानु पर्ने भन्दै सरकार छाडन दबाब दिदै आएका थिए ।






