पथरी । आन्दोलनको क्रममा पक्राउ परेका २७ जना पहिचानबादीहरुलाई आज रिहा गर्ने भएको छ ।
जेठ १४ गते प्रदेश प्रर्दशनको क्रममा पक्राउ परेका उनिहरुलाई २ दिन पछि आज रिहाई गर्ने भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रबत्ता डिएसपी रञ्जन दाहालका अनुसार पहिचान पक्षधरले भोली जेठ १७ गते बाट गर्ने भनिएको आम हडतालको कार्यक्रम आन्दोलनरत पक्षले फिर्ता लिने र प्रहरीले पक्राउ गरेको आन्दोलनकारीलाई रिहाई गर्ने सहमती भएको बताए ।
पक्राउ परेका आन्दोलनकारीहरुलाई आज मंगलबार नै रिहा गर्ने सहमती भएको पहिचान पक्षधरका तर्फबाट बार्तामा सहभागी भएका नेता अर्जुन जम्नेली राईले बताए ।
१४ गते आन्दोलनको क्रममा विराटनगरबाट पक्राउ परेका अशोक चेम्जोङ, खड्का लिम्बू, कुलप्रसाद लिम्बू, सुकराज लिम्बू, सुकराज थेबे, सञ्जीव लिम्बू, ताराकुमार लिम्बू, मनकुमार थेगिम, आरभी लिम्बू, प्रयास बान्तावा राई, नबीन पोमु, प्रदीप लिम्बू, सिताराम राई, सन्तोष सम्बाहाम्फे, जेबी साँबा, दुर्गा मगर, मनकुमार लिम्बू, शंकर लिम्बू, अमृत राई, प्रमोद लिम्बू, सुमन केरुङ, पदम खेवाङ, रोशन लिम्बू, छविरमण सार्की, कुसुम राई, राजभक्त लिम्बू र मनकुमार माखिम रिहा हुनेछन ।प्रदेशको नाम कोशी राखिए पछि असन्तुष्ट बनेर आन्दोलन गरिरहेका आन्दोलनरत पक्षले पहिचानको आधारमा पुन: नामाकन गर्नु पर्ने माग गर्दै आएका छन ।

तपाईको प्रतिक्रिया