
पथरी । कानेपोखरी गाउँ पालिका ६ मा बिहीबार बेबारिसे अवस्थामा भेटएका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।
नाम, थर र ठेगाना पत्ता नलागेको र मंगोलिय अनुहारको ४०/४५ वर्षको जस्तो देखिने पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । लडी रहेको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले उद्दार गरि मदन भण्डारी ट्रमा सन्टर उर्लाबारी मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । यो समाचार तयार पार्दासम्मा कोही कसै पनि आफन्त नआएको हुनाले मृतकको आफन्तले इप्रका पथरीको मोवाइल नम्बर ९८५२०२७४६९ ०२१५५५२९९ सम्पर्क गर्नु सक्नुहुने छ ।






