विजय खम्बु
पथरी । २०४१ सालदेखी निरन्तर पथरीमा मानव स्वास्थ्य सेवामा समर्पित भएर काम गरेका रामप्रसाद लिम्बु (वसन्त) अहिले पनि यहि पेशामा रहेर काम गरिरहेका छन ।
पथरीशनिश्चरे नगरपालिका १ यलम्बरचौकमा लिम्बुको वसन्त मेडिकल छ । सरकारी स्वास्थ्य सेवा नहुदा यसै मेडिकलहलबाट पथरी, शनिश्चरे, जाँते, उर्लाबारीको सुनझोडा, कानेपोखरी र हसन्दह क्षेत्रका मानिसले स्वास्थ्य सेवा लिएर जीवन बचाएका थिए ।
चुहानडाँडाकै सारदा माबिबाट कक्षा १० (मेट्रिक) पास गरेका रामप्रसाद लिम्बु आठराई चुहानडाँडा सल्लेरी पाँचथरमा जन्मीएका हुन । स्कुलको फि तिर्ने पैसा थिएन । गाँउकै सबैभन्दा गरिव परिवार रहेको स्मरण गर्छन । लिम्बुलाई स्कुलका हेडसर वैजनाथ थपलियाले स्कुलफिस मिनाहा गरेर ठुलै गुण लगाए ।
एक दिन झापाको शनिश्चरेबाट डा. शंकर उप्रेतीले लेखेको एउटा चिठी बोकेर लक्ष्मीप्रसाद उप्रेती आए । लक्ष्मीप्रसाद उप्रेतीले ल्याएर आएको त्यो चिठीमा वसन्तको भाग्य र भविष्य कोरिएको रहेछ । त्यस चिठीभित्र गाँउमा मेट्रिक पास गरेको कोही छन भने अस्पतालमा काम गर्न पठाईदिनु भनेर लेखिएको रहेछ ।
डा. उप्रेतीले खोजेकै जस्तो मानिस वसन्त भेटिए । वसन्त काममा जान राजी भए । अस्पतालमा काम गर्ने भनेपछि बाबुले खुसी हुदै ऋण काढेर बाटो खर्च १५ रुपैयाँ वसन्तको हात लगाएको स्मरण गर्छन । पाँचथरदेखी इलाम हुदै हिडेर झापा आइपुग्न ३ दिन लाग्यो रे । १५ रुपैयाँ पैसा पनि उभारिएको वसन्त लिम्बु बताउछन ।
काम गर्न आएका वसन्त खाना बस्न दिएर महिनाको ३० रुपैयाँमा तलव हुने बताइयो र काम सुरु भयो । २०२७ सालदेखी १३ वर्षसम्मा डा. शंकर उप्रेतीले नै चलाएको अस्पतालमा बसेर काम गरे ।
२०३९ सालमा जुनियर अहेव तर्फको लोकसेवा खुल्यो । फारम भरे नाम निस्क्यौ । झापाको गौरीगंजमा १ वर्ष जनताको सेवा गरे । जागिरले खासै पार लाग्ने नदेखेपछि सरकारी जागिर छाडेर वसन्त पथरी आएर कुमार लिम्बुको घरमा महिनाको ५० रुपैयाँ भाडा तिर्ने गरि मेडिकल चलाउन थाले । ५१ सालसम्मा भाडाकै घरमा बसेर मेडिकल चलाएका उनि त्यस पश्चात आफनै घर बनाएर सरे ।
वसन्त लिम्बु भन्छन् घरघरमा गएर उपचार गरेको छु । कतिले पैसा नभएर उपचार शुल्क बराबरको धान दिन्थे कतिले मकै दिन्थे । आफुलाई पनि चाहिने भएको हुनाले लिन्थे ।
पथरीमा २०४४/४५ साल तिर झाडापखलाको महामारी आएको थियो । त्यो झाडापखालाको कारण सबै गाँउ नै सोत्तर भएको हुनाले एकदिनमा ६० जनालाई सुताएर उपचार गरेको सुनाउछन । स्लाइन पाइप वोइलिङ गराएर पुन: प्रयोग गरिन्थ्यो । अहिले जस्तो युजएण्ड थ्रो नभएको वसन्त बताउछन ।
त्यसबेला कोशी अञ्चल अस्पतालबाट आएका निरिक्षण टोलीले वसन्तको मेडिकलमा आएर उपचार गर्ने सर्वसाधरणको भिड देखेर छक्क परेका थिए । उपचार पद्धती देखेर जनताको राम्रो उपचार गरेको देखेर धन्यवाद भनेको कुराले झनै ज्यानदिलो दिएर सेवा भावमा खटन प्रेरणा मिलेको बताए ।
एक जना महिलाले समयमा बच्चा जन्माउन नसकेको कारण बच्चाको अवस्था नाजुक हुदै गएको थियो । हात लगाएर बच्चा निकाली माउथ रेस्पीलेसन उपचार पद्धतीबाट उपचार गरेर बच्चा बचाएको बताउछन ।
हात लगाएर कति धेरै बच्चा निकालेको गन्ती नै छैन । तर आजसम्मा उपचारको क्रममा कोही कसैले ज्यान गुमाएको देख्न परेको छैन, भगवानको कान नपरोस ।
कतिपय मानिसले त्यसरी उपचार गरेको पैसा अहिलेसम्मा दिएका छैनन् । पथरीको बिसालचौक क्षेत्रमा आगलागी हुदा निक्कै दुख: गरेर उपचार गरेको बताए ।
अहिले स्वास्थ्यमा सरकारले पनि राम्रो लगानी गरेको हुदा खुसी लागेको बताए । बुबा, आमा, सारदा माबिका हेडसर बैजनाथ थपलिया र डा. शंकर उप्रेतीलाई सधैं स्मरण गर्छन अब बृद अवस्था पुग्दै गरेका वसन्तको ब्यवसायलाई निरन्तरतरता दिन साइला छोरा कञ्चन लिम्बु फार्मेसी पढेर सकाएका छन । मेडिकलमा श्रीमती साइला छोराले सहयोग गर्ने गरेको बताउछन । जेठो छोराको दुरघटनामा परि मृत्यु भएको थियो । माइला छोर विक्रम निजी विद्यालय सञ्चालन गर्छन भने कान्छा छोरा छोरा मौसम सुधारगृह सञ्चालन गर्छन । कुराकानी आधारित

तपाईको प्रतिक्रिया