
पथरी । पथरीशश्चिरे १ जाँतेमोड मोरङमा दुरघटना भएको छ । दुरघटनामा परि पथरीशनिश्चरे १० वर्ष १० का उत्सव धिमाल घाइते भएका हुन ।
पूर्वपश्चिम महेन्द्र राजमार्गमा चल्ने प्र.१०२००१ख९५९२ नम्बरको धरान/काकडभिट्टा रुढमा चल्ने बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
घाइतेको उपचार पथरी अस्पतालमा भईरहेको र खतरामुत्त रहेको पथरी प्रमुख डिएस्पी लक्ष्मी भण्डारीले जानकारी दिए ।
घाइते अवस्थामा रहेका धिमाल पथरीशनिश्चरे १ मा रहेको पञ्चायत माविको कक्षा ९ मा अध्ययानरत थिए । चालक र गाडी प्रहरी नियन्त्रणमा रहेको पथरी प्रहरीले बताएको छ ।






