
विजय खम्बु
पथरी । खोटाङको लामाखुमा जन्मीएका कपिलमणि ढकाल पथरीशनिश्चरेमा स्थानिय जनप्रतिनिधीको लागी ४ पटक निर्वाचित हुन सफल भए ।
सबै भन्दा पहिलो पटक २०४३ सालमा तत्कालिन शनिश्चरे गाउँ पंचायत वडा न. ६ को निर्वाचनमा बाबुराम राई वडा अध्यक्ष निर्वाचित हुँदा जनपक्षियबाट वडा सदस्यको पदमा चर्खा चुनाव चिन्हबाट निर्वाचित भएका थिए ।
२०४६ सालमा बहुदल आए पछि २०४९ सालमा भएको स्थानिय निर्वाचनमा नेकपा एमाले पार्टीबाट शनिश्चरे गाबिसको वडा न. ६ को वडा अध्यक्ष पदमा निर्वाचित भए ।
पहिलो कार्यकाल वडा सदस्य हुँदा ४ थान ट्यूबेल मात्र राखेको अनुभव सुनाए । त्यो ट्यूवेल पनि यूनिसेफले उपलब्ध गराएको स्मरण गर्छन । पैसा नै हुन्थेन ।
दोस्रो पटकको निर्वाचनबाट पहिलो पटक वडा अध्यक्ष भए पछि विद्यालय, सडक बाटो, पैनी, लगायतको काम गरे । तेस्रो कार्यकाल २०५४ सालमा निर्वाचन हुँदा एमालेबाट नै वडा न. ६ मा वडा अध्यक्ष पदमा उम्मेद्धवार बनेर निर्वाचित भए । अलि बढी काम गरे । तेस्रो कार्यकाल चलि रहदा देशमा माओबादी र राज्य पक्षबिच युद्ध भइरहेको थियो ।
राज्यपक्षको उपस्थिती कमजोर हुँदा माओबादीको क्रियाकलाप बढी नै हुन्थ्यो । तर पनि कुनै पक्षबाट खासै सास्ती ब्यहोर्नु नपरेको पूर्व वडाध्यक्ष ढकाल बताउछन ।
लामो समय पश्चात २०७४ सालमा भएको स्थानिय निर्वाचनमा पथरी गाबिस, शनिश्चरे गाबिस र हसन्दह गाबिस मिलेर बनेको पथरीशनिश्चरे नगरपालिकाको वडा न. ७ मा पुन: वडा नेकपा एमाले पार्टीबाट नै वडा अध्यक्ष पद्को उम्मेद्धवार बनेर निर्वाचित भए ।
पथरीशनिश्चरे नगरपालिका वडा न. ७ को वडा अध्यक्ष निर्वाचित भएका ढकालकै कार्यकालमा पथरीशनिश्चरे नगरपालिका वडा न. ७ को वडा कार्यालय निर्माण सम्पन्न भएर सोही ठाँउबाट कार्यसम्पादनको काम सुरु भयो ।
पथरीशनिश्चरे नगरपालिका भरीकै सबै भन्दा धेरै पटक जनप्रतिनिधी निर्वाचित भएर जनताको सेवा गर्ने अवसर पाएका ढकाल भाग्यमानी ठहरीए । आजको मितिसम्मा ४ पटक निर्वाचित हुने जनप्रतिनिधी नै छैन ।
२०२२ सालमा जन्मीएका कपिलमणि ढकाल खोटाङ लामाखुको मनकामना जनकल्याण प्रा. वि. बाट जम्मा कक्षा ३ सम्माको शैक्षिक योग्यता हो । बाबुले स.परिवार २०३० सालमा खोटाङबाट सुनसरीको चक्रघट्टी बसाई सरि झरेपछि शैक्षिक योग्यता बढाउने अवसर नै पाएनन् ।
चक्रघट्टीमा बस्ने सुबिधा खासै नभए पछि कानेपोखरी रमाइलो झोडा बसाई सरे । कानेपोखरी रमाइलो बसाई सर्दा खोटाङ रतन्छा मबुको डम्बर राईको सहयोग रहेको बताउछन ।
डम्बर राईसंग आफनो चिनजान भएको कारणले कानेपोखरी सहज भएको बताए । केही समयको कानेपोखरी बसाई पछि शनिश्चरेमा आफन्त नाता मिलेर ७ बिघा जग्गा किनेपछि हालसम्मा स्थाई बसोबास यही रहेको ढकालको भनाई छ ।
शनिश्चरेमा जग्गा लिदा जहरमान लिम्बुले देब्रे लहराको आधारले जग्गा नापेर जंगल फडानी गरी खेतीयोग्य जमिन बनाएको स्मरण गर्छन । जंगल त फाडियो । तर खेती गर्न पानी थिएन । हालको पथरीशनिश्चरे ९ को पुलचौकलाई मुहान बनाएर पथरी खोलाबाट बग्ने पानीको पैनी खन्न दैनिक ३ सय जना भन्दा बढीले श्रमदान गरेको ढकालको कथन छ ।
२०४० सालमा त्यो पैनी खनेर किर्तिपुर पुर्याउदा धनेश्वर लिम्बुले एचएम्टी घडी र ढाका टोपिले सम्मान गर्दाको क्षण सम्झेर खुसी हुन्छन । पैनी खन्न उर्दी जारी गर्दा पानी नल्याए खुकुरीले काटछु भन्ने धनेश्वर लिम्बुले पानी पुर्याए पछि घडी र ढाका टोपीले सम्मानित हुदा निक्कै रमाइलो भएको अनुभव सुनाउछन ।
जनप्रतिनिधी निर्वाचित हुनु भन्दा पहिला ढकाल राँगा ब्यापार गरेको सुनाउछन । सुनसरीको मधुवन, इनारुवा, दुहबी दमक र दोमानाको पशुबजारमा ब्यापार गरेको अनुभव सुनाए । राँगा ब्यापार गर्दा १७ वर्षको थिए । त्यसबेला ५० रुपैयाँदेखी २ सय रुपैयाँसम्मा नाफा हुने गरेको सुनाए ।
रोचक कुरा
राँगा ब्यापार गर्दा गर्दै स्थानिय चुनाव घोषणा भएपछि जनपक्षियबाट पार्टी र साथी भाईले उम्मेद्धवार त बनाए तर नागरिकता थिएन । बुबाको नागरिकता इनारुवाबाट जारी भएको थियो । तुरुन्तै इनारुवा गइ ४ वर्ष उमेर बढाएर नागरिकता लिए पछि उम्मेद्धवार बनेर निर्वाचित भएपछि कहिल्यै हारको सामना गर्नु परेन ।






