
विजय खम्बु
आफनो कार्यकक्षको चेम्बरमा कानेपोखरी गाउँ पालिका अध्यक्ष राजमती इङनाम । तस्वीर तिम्मा
पथरी । मोरङ जिल्लामा स्थानिय तहको नेतृत्व हेर्दा महिलाले प्रमुख भएको कानेपोखरी गाउँपालिका मात्रै हो । स्थानिय तहको पुर्नसंरचना गर्दा बयरबन, केरौन र होक्लाबारी गाबिसहरुलाई मिलाएर कानेपोखरी गाउँपालिका बनाइएको थियो । यो गाउँपालिकामा ३८ हजार ३३ जनसंख्या रहेको छ ।
यसै कानेपोखरी गाउँ पालिकालाई हाल नेतृत्व गरिरहेकी पालिका अध्यक्ष राजमती इङनाम लिम्बुले २१ वर्षसम्मा महिला स्वयमसेविका थिइन ।
२०५३ देखी २०७४ सालसम्मा निरन्तर २१ वर्ष साविक बयरबन गाबिस वडा न. ८ को महिला स्वयमसेविकाको जिम्मेवारी निभाइन । घरगृहको काम सकेर समाजसेवा गर्नु कम चुनौतीको विषय होइन । गाउँघर र टोलछिमेकमा हुने झैझगडा, चौकी ठाना अदालत सिडियो कार्यालय सबै भियाउनु पर्ने हुन्थ्यो ।
विकास निर्माणका लागी योजना माग गर्न सदरमुकाम दौडाहा स्थानिय तहमा धाउन देखी सबै काममा अब्बल भएर सफल जिम्मेवारी निभाएकी राजमती इङनाम २०७४ को स्थानिय निर्वाचनबाट गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भइन । ताराबहादुर काफ्ले पालिका प्रमुख हुदा राजमती इङनाम उपाध्यक्ष थिइन ।
उपाध्यक्षको जिम्मेवारी सम्हाल्दा न्याय सम्पादन, विकास निर्माणको अनुगमन तथा कार्यालय माताहतको कामकारबाही कुसलता पूर्वक सम्पन्न गरिन । खास विषयबस्तुको बिवादमा परिनन् । त्यो कार्यकुसलता हो ।
२०७९ को स्थानिय निर्वाचनमा अध्यक्ष पद्को उम्मेद्धवार नेकपा एमाले पार्टीले बनाए पछि निर्वाचित हुन सफल भइन । पहिले उपाध्यक्ष र अहिले अध्यक्ष भइरहदाको अनुभव फरक रहेको बताइन । पहिला निर्णय गर्ने स्थानमा थिइन भने अहिले निती निर्माणको तहमा छिन । पालिका भरिको सिङगो समुदायको भावनालाई समेटी रहेको र समेटने कोषिस गरिरहेको बताउछिन । यौ सौभाग्य पनि हो । कानेपोखरीमा गाउँपालिका क्षेत्र भित्रमा संघ प्रदेश र स्थानिय सरकारबाट जम्मा ५७ किलोमिटर बाटो कालोपत्रे गरिसकेको छ । अब असार १० गते देखी बजेट निर्माणमा काममा लाग्ने बताउछिन ।
गर्न खोजेको तर खडकिएको विषय के छ भनी प्रश्न गर्दा समुदायमा चेतनाको विकास गर्न नसकिएको बताउछिन । चेतनाको विकास गर्ने मुख्य योजना हो । मेरो बाँकी रहेको कार्यकालमा स्थानिय जनताको चेतना विकास गर्ने काममा हर प्रयास गर्नेछु ।

कार्यालयमा सेवा लिन आएका एक वृद्ध सेवाग्राहीको कागजपत्र हेर्दै गाउँ पालिका अध्यक्ष राजमती इङनाम । तस्वीर तिम्मा
आफनो स्थानिय तह भित्र बसोबास गर्ने समुदायमा आफनो अधिकारको विषयमा नै जानकार छैनन् । मानविय हिसावले पनि यो समुदायको चेतना बढाउनुमा सबै पक्षको योगदान रहनु पर्ने बताउछिन ।
२७ करोड ३८ लाख रुपैयाँको बजेट ल्याउने तयारी भइरहेको कानेपोखरी गाँउ पालिकाले स्थानिय स्तरबाट १ करोड ५० लाख रुपैयाँ बराबर राजास्व संकलन गर्ने लक्ष छ ।

एनआरएन सम्मान, २० वर्ष अगाडीको तस्वीर: डा. कुलचन्द्र दाहाल, डा, अर्जुन कार्की, शरश्वती कोइराला सहित राजमती इङनाम । यो तस्वीर साबिक बयरवन गाबिसको बिहिबारेमा कैद भएको हो
२०२७ कात्तिक १३ गते झापाको घैलाडुब्बामा जन्मीएकी राजमती इङनाम लिम्बुले माबि तहसम्माको अध्ययन पूरा गरिन । २०४४ सालमा राजेन्द्र इङनाम लिम्बुसंग मागी बिवाह गरेकी राजमतीको २ छोराहरु छन । पार्टीको केन्द्रीय अनुशासन बिभाग सदस्य रहेकी राजमती इङनाम लिम्बु राजनिति र समाजसेवामा निरन्तर लागेकी एउटा उदाहरण पात्र हुन ।






