पथरी । विपन्न १२ सय घर परिवारलाई पथरीशनिश्चरे नगरपालिका ले विमा गरिदिने भएको छ ।
आइतबार १३ औं नगर सभाले पारित गरेको विषयवस्तुलाई सार्वजानिक गर्न सोमवार आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएको हो ।
पथरीशनिश्चरे नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनमा नगरका प्रबत्ता नविन कार्कीले यो विषयको जानकारी दिएका थिए । ७१ करोड १७ लाख ४१ हजार ८ सय रुपैयाँको बजेट तथा नीति र कार्यक्रम पारित गरेको सोमबार सम्पन्न पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

तपाईको प्रतिक्रिया