पथरी । पथरीशनिश्चरे नगरपालिकाले नगरमा रहेका नागरिकलाई घर बनाइदिने भएको छ ।
प्राथामिकताको आधारमा “नगरपालिकाको सहयोग र भर, घर विहिन नागरिकलाई सुरक्षित घर” कार्यक्रम अन्तरगत घर निर्माण गरिदिने भएको हो ।
७१ करोड १७ लाख ४१ हजार ८ सय रुपैयाँको बजेट तथा नीति र कार्यक्रम पारित गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिदै यो नागरिकलाई घर बनाई दिने कार्यक्रम सार्वजानिक गरेको थियो । नगरको सभाहलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा वितरित प्रेस बिज्ञप्तीमा जनाइएको छ ।
आइतबार सम्मपन्न तेह्रौ नगरसभाले पारित गरेको निती तथा कार्यक्रमलाई सार्वजानिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
नगरका प्रबत्ता तथा पथरीशनिश्चरे नगरपालिका वडा न. ८ का वडा अध्यक्ष नविनजंग कार्कीको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा नगर प्रमुख मोहनप्रसाद तुम्बापो, वडा न. २ का वडा अध्यक्ष नैना राई, उप प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद खरेल, लेखा अधिकृत पिताम्वर वस्ती, शिक्षाशाखा प्रमुख तथा सुचना अधिकृत सालिग्राम काफले लगायतको उपस्थिीति रहेको थियो ।

तपाईको प्रतिक्रिया