पथरी । इलाका ट्राफिक प्रहरी कार्यालय पथरीले २ हजार ६ सय सवारी साधनलाई कारबाही गरेको छ ।
ट्रापिक प्रहरी कार्यालय पथरीले जानकारी दिए अनुसार गत वर्ष २०७९ साउन १ गते देखी २०८० जेठ मसान्त सम्ममा यतिका सवारी साधनलाई कारबाहीमा परेको हो ।
ट्राफिक प्रहरी कार्यालय पथरीको माताहत क्षेत्रमा कारबाहीमा परेका सवारी साधनबाट १४ लाख ९० हजार रुपैयाँ राजस्व संकलन भएको पथरी ट्राफिकले जनाएको छ ।
यसै गरि साउन महिनादेखी जेठ महिनासम्मा ९९ वटा दुरघटना भएको छ । दुरघटनामा परि १२ जना पुरुष मानिसको मृत्यु भएको थियो । दुरघटनामा परि ६५ जना घाइते भएको प्रहरी तथ्याङकमा उल्लेख छ । ६५ जना सबैको सफल उपचार भएको डाटा रहेको छ ।

तपाईको प्रतिक्रिया