
पथरीशनिश्चरे नगरपालिका मोरङको सम्मान ग्रहण पश्चातको तस्वीर ।
विजय खम्बू
पथरी । २०५५ फागुन २२ गते पथरीशनिश्चरे नगरमा एउटा राष्ट्रिय खेलाडीको जन्म भएको दिन थियो । बाबु मंगलबहादुर लिम्बु र आमा रिता तामाङ लिम्बुको ठुली छोरीको जन्मे पछि न्वरानमा उसको नाम सरु लिम्बु रह्यो । सरुको परिवारको आर्थिक अवस्था नै छ ।
पथरीशनिश्चरे नगरपालिका ४ सिरिसेडाँडा मोरङ विकास निर्माणको हिसावले अहिले पनि विकट नै मान्नु पर्छ । पथरी बजारदेखी करिब ८ किलोमिटर दक्षिणमा पर्छ सरुको घर । ग्राभेल बाटो भएर सरुको घर पुगिन्छ ।

बाबुआमासंग आफ्नै घरमा सरु लिम्बु । तस्वीर तिम्मा न्यूज
सरुको फुटबल यात्रा त्यही गाउँबाट भएको हो । बारी र खेतको गराहामा दाजुभाईहरु फुटबल खेलेको देखेर नै आफु पनि खेल्न उनिहरुसंगै खेल्न थालेको बताउछिन । सुरुका दिनमा खाली खुट्टाले फुटबल खेलेको स्मरण गर्दै मुसुक्क हास्छीन ।

सरुले फुटबल खेल्न सिकेको स्कूको ग्राउण्ड । तस्वीर तिम्मा न्यूज
कक्षा १ देखी ५ सम्मा पिपलडाँडाको एक प्रावि स्कूलमा अध्ययन गरिन । कक्षा ६ बाट सिरिसेडाँडामा रहेको शरश्वती आधारभुत विद्यालयमा पढाई सुरु भएको थियो ।
शरश्वती आधारभुत विद्यालय नै सरुको खेल जीवनको टर्निङ पोइन्ट हो भनेर भन्न रुचाउछिन । स्कुलको ग्राउण्डमा टिफिनको समयमा खेल्न सुरु भएको बताइन ।

कक्षा ६ देखी कक्षा ८ सम्मा पढेको स्कुल । तस्वीर तिम्मा न्यूज
आज भन्दा १२ वर्ष अगाडी तिर आफनो खेललाई निखार्ने र हौसला दिने काम न्यूस्टार क्लव किर्तिपुरका अध्यक्ष बिरोज मगर र अर्का स्थानिय युवा दिवस लिम्बुको योगदान सम्झन्छन । उनले बिर्सिनै नसक्ने अर्को नाम विक्रम धिमाल हो । जसलाई प्राय खेलाडीहरुले गुरु नै भनेर सम्बोधन गर्छन । उनै विक्रम धिमालले सरुको बाबुआमालाई भेटेर तपाईको छोरी खेलेरै बाच्छ भन्दै कन्मीज गर्न पुग्दथे । नभन्दै सरु आज एक सफल ब्यवसायिक फुटबल खेलाडी छिन ।

सशस्त्र प्रहरीको जवानको रुपमा सरु लिम्बु । तस्वीर सरु लिम्बुको फेसबुक
कक्षा ९ देखी कक्षा १२ सम्मा बुद्ध माबिमा पढे । बिभिन्न ठाउँमा आयोजना हुने खेलमा जाने पैसा हुदैनथ्यो । त्यस बेला स्कुलका शिक्षक/शिक्षिकाले सय दुईसय उठाएर खेल जितेर आइज भन्दै शुभकामना दिन्थे । सबै सरमिसहरुले दर्शाएको शुभेच्छा प्रति कृतज्ञ छिन ।
त्यस्ता अनेकन छापहरुले सरुलाई फुटबलमा निरन्तर जमिरहन सहयोग पुग्यो । २०७३ सालबाट सरु सशस्त्र प्रहरी क्लवमा आवद्ध भइन । हाल उनि सशस्त्र प्रहरी क्लवको सदस्य तथा सशस्त्र प्रहरी बलको सिपाही हुन । राष्ट्रिय महिला फुटबल टिममा स्टाइकर हुन । सरुको नाममा अन्र्तराष्ट्रिय ३ गोल छ । पहिलो पटक भारतको सिलिगुढीबाट अन्र्तराष्ट्रिय टिममा डेब्यु गरेकी थिइन ।
सन २०१८ मा १८ वर्ष उमेर समुहको र सन २०१९ मा १९ वर्ष उमेर समुहको क्याप्टेन भइन । सन २०१८ मा १८ वर्ष उमेर समुहको नेपाल साप च्याम्पीयनपिमा दोस्रो भएको थियो ।
नेपाली महिला फुटबल टिममा मुख्य रोजाईको फरवार्डको भुमिकामा रहेकी सरुले गत बैसाख ३० गते सम्पन्न भारतिय महिला लिग किकस्टार एफसिबाट खेल्दै २ गरेकी थिइन ।
यहि असार १० गते पथरीशनिश्चरे नगरपालिकाले निमन्त्रण गरे पछि सरु लिम्बु सम्मान ग्रहण गर्न पथरी आएकी थिइन ।
हाल उनि एसियन खेल छनौटका लागी प्रशिक्षणमा रहेको बताइन । आफनो स्वास्थ्य र शरिरले धानेसम्मा फुटबल खेल्ने बताउदै खेलको माध्यमबाट देशको सेवा निरन्तर गर्ने प्रतिवद्धता जनाइन ।






