
विजय खम्बु
पथरी । जहरमान लिम्बु पथरीशनिश्चरेका लागी चर्चित पात्र हुन । केही समय यता गुमनाम जस्तै छन । चर्चामा रहेका ब्यात्तीहरु गुमनाम बस्दा गाउँ समाजले अवस्य सोधीखोजी गर्छनै ।
जहरमान लिम्बु त झन साविक शनिश्चरे गाउँ पंचायतको प्रधानपञ्च र साविक शनिश्चरे गाबिसको उपाध्यक्ष निर्वाचित भएर जनप्रतिनिधीको भूमिका निर्वाह गरेका ब्यात्ती भएको हुनाले पनि खोजीको पात्र हुननै । २०७४ मा भएको स्थानिय निर्वाचनमा पथरीशनिश्चरे नगर प्रमुख पद्को उम्मेद्धवार समेत हुन, तर पराजित भए ।
सुकुम्बासी समस्यालाई समाधान गर्न दबाव दिने उदेश्यले भएको आन्दोलनका क्रममा पक्राउ परेर केही समय हिरात जीवन ब्यातित गरे ।
जहरमान लिम्बु प्रधानपञ्च हुनु भन्दा अगाडी झोडा खुलेको समयमा देब्रे लहरा (रुखमा बेरीएको एक लहरा जातको बनास्पती) को आधारले जग्गा छुट्टाउने अगुवाइ गरेका थिए ।
पथरीशनिश्चरे नगरपालिका वडा न. ७ मा किर्तिपुरलाई “किर्तिपुर” बजार नामाकरण गरी साप्ताहिक हटिया जहरमान लिम्बु लगायतका अगुवाहरुले नै गरेका हुन ।
किर्तिपुर बजारमा हाल पनि हप्तामा २ दिन आइतबार र बुधबार हटिया लाग्छ । पथरीशनिश्चरे नगरपालिका वडा न. ४ किर्तिपुर मोरङमा स्थाई बसोबास गरिरहेका लिम्बु उमेरले ७४ वर्षका भए ।
पाको अवस्था, ठुलो शरिर र केही शारिरिक रोगका कारण खासै बाहिर हिडदैनन । लिम्बु उच्च रत्तचाप पिडित हुन । २ पटक उच्च रत्तचापले च्यापेको कारण असर गरेको बताउछन ।
२००६ साल फागुन ३० गतेको ताप्लेजुङ फावाखोला सिकैचामा जन्मेका हुन ।
२०३१ सालमा बसाईसराई गरि धरान झरेका लिम्बु २०३५ सालदेखी पथरीशनिश्चरेलाई कर्मभुमि बनाएर बसेका छन । प्राय किर्तिपुर बजार क्षेत्रमा भेटिन्छन । जहरमान लिम्बु श्रीमती र परिवार सहित घरमा नै बसेका छन ।






