विजय खम्बु
पथरी । २२ सय भन्दा बढी मुद्धाहरुको छिनोफानो गरी आफनो कार्यकाल सफल पारेकी यमुना विष्ट बास्तोलासंग अहिले पनि सर्बसाधरणहरु बिभिन्न समस्याहरु लिएर आउँछन ।
यमुना बिष्ट बास्तोलाले पथरीशनिश्चरे नगरपालिकाको पूर्व उपप्रमुखको भूमिका सफल रुपमा निभाइन ।
हाँक्की र तार्किक स्वभाव भएकी बिष्ट बास्तोला आफनो कार्यकाल सम्पन्न भए पश्चात १ वर्ष अगाडीदेखी आफनै घरमा रहेको भुल्के जालपादेवी सुपर मार्केटको रेखदेख गर्छिन ।
उपमेयरको च्यम्बरमा बसेर गरेको निर्णयबाट प्रभावमा परेर सर्वसाधरणहरु ठानाचौकी गाउँघरको सानातिना समस्याहरु लिएर आउँछन । त्यस्ता समस्याहरु लिएर आउने दुबैपक्षलाई भेला पारेर सुल्झाईदिन्छन भने कतिपय समस्याहरु अदालत पठाउनु पर्नेलाई कानुनी बाटो पनि देखाइदिन्छिन ।
२०२४ भोजपुर षडानन्द नगरपालिकामा जन्मीएकी यमुना सम्पूर्ण परिवार सहित बसाई सरेर पथरी आएकी हुन । विद्यार्थीकाल देखीनै अनेरास्ववियूबाट राजनिति गरेकी विष्ट वास्तोला २०५० सालदेखी श्रीमान सहित जर्मनीमा वैदेशिक रोजगारीका लागी गइन । जर्मनीमा रहदा पनि विपतमा परेका नेपालीहरुलाई उद्धार गर्ने र सहयोग गर्ने काम गर्थिन । १०/११ वर्ष पश्चात नेपाल फर्किएर पथरीमा रहेर पुन: समाजसेवा र राजनितिमा आइन । त्यसैको प्रतिफल स्वारुप आफुलाई सफल उपमेयरमा दर्ज गरिन । उपमेयर हुँदा वालवालिका जेष्ठ नागरिक, एकल महिला, अलपत्र परेकी महिला, सडक बालबालिकाको पक्षमा रहेर काम गर्ने अवसर पाएको भन्दै अझै आफनो बल बिवेक र क्षमता भ्याएसम्मा काम गर्ने बताउछिन ।
उपमेयर हुँदा र अहिले कस्तो अनुभव छ भनि प्रश्न गर्दा पहिला सबै वरिपरि झुम्मीन्थे अहिले अहिले त्यस्तो छैन भन्छीन । हाल नेकपा एमाले मोरङको सदस्य तथा अनेम संघको केन्द्रिय सदस्य रहेकी विष्ट बास्तोला केही आफनै पार्टीका नेताहरुलाई सामाजिक संजालमा कटाक्ष गर्दै ठोक्न पनि पछि पर्दैनन् ।

तपाईको प्रतिक्रिया