
विजय खम्बु
पथरी । साविक पथरी गाविस मोरङको २ पटक उपाध्यक्ष भएर काम गरेका पोमप्रसाद दाहाल पथरी र यहाँको कम्यूनिष्ट आन्दोलनको इतिहास हेर्दा एउटा नक्षेत्र हुन भन्दा फरक पर्दैन । पथरीशनिश्चरे नगरपालिका २ मोरङका स्थाई बासिन्दा दाहाल चतुर राजनितिज्ञ नेताको रुपमा स्थापित थिए ।
दाहाल अहिले ताकेश्वर नपा ११ आनन्दटोल काठमाण्डौंमा बसेर उपचार गराई रहेता पनि समाकालिन साथीभाइ र पथरीमा नै मन घुमिरहेको बताउछन । दाहालसंग कुराकानीको आधारमा तयार पारिएको अंस
पञ्चायतको पहिलो कथा……
पोमप्रसाद दाहाल पहिलो पटक २०४३ सालमा पथरी गाउँ पञ्चायत वडा न. ९ को जनपक्षीयबाट गास निर्वाचित भएका थिए । त्यसबेला पञ्चायत पक्षका बहुमत निर्वाचित भएका थिए भने जनपक्षीयहरु ५/६ जना मात्र थिए । त्यसबेला पथरी गाउँ पञ्चायतको प्रधानपञ्च कर्णबहादुर राई वडा न. ९ को वडा अध्यक्ष पार्थबहादुर बुढाथोकी थिए ।
जनपक्षीयबाट पञ्चायतमा निर्वाचित भएर जाने जनप्रतिनिधीहरुले पञ्चायतलाई २ चिरा पारेर विचमा खेल्ने निती अपाएको स्मरण गर्छन । बैठक चलिरहेको बेला जनपक्षियबाट निर्वाचित भएर जाने सदस्यले पञ्चायतका सदस्यहरुलाई हातमा समतेर पर लाने, अनि सोध्ने, तपाईको गाईले कति दुध दिन्छ ? आज केको शब्जी खानु भयो ? घरमा बाआमालाई कस्तो छ ? नानीहरुलाई के छ ? प्रश्न यस्ता हुन्थे । प्रश्न सोध्दा बैठक भइरहेको स्थान तिर पनि घरिघरि पल्याकपुलुक हेर्नुपर्ने हुन्थ्यो । ताकी ति सदस्यलाई अरुले च्यापुन । अनि भराई ति सदस्यलाई अरु सदस्यहरुले घेराबन्दी गरेर त्यो बामेले तलाई के साध्यो ? भन भनेर सोध्दा केही पनि भनेको छैन भन्दा ढाँटछस भन्दै उनिहरु विचमा झगडा हुने स्थीति हुन्थ्यो ।
कर्णबहादुर राई सोझो हुनुहुन्थ्यो । त्यसबेला पञ्चायत पक्षबाट निर्वाचित भएर जानेहरुको विचमा पनि २ लाइन थिएछ । एक आर्थिक वर्षमा ३० हजार रुपैयाँ गाउँ पञ्चायतको सचिवको कारणले बेरुजु निस्कीएछ । त्यसबेलाको ३० हजार रुपैयाँ भनेको ठुलो पैसा हो ।
पञ्चायतका अन्य सदस्यहरुले बिरोध गर्दै कर्णबहादुर राईलाई अबिश्वासको प्रस्ताव दर्ता गर्ने भन्दै हामी कहाँ आए ।
मैले पनि हुन्छ भनिदिए । कर्णबहादुर राई बिरुद्ध अबिश्वासको प्रस्ताव दर्ता गर्नको लागी बिरोधी टोलीको बहुमत पुग्दैन थियो । अबिश्वास प्रस्तावको निवेदन लिएर हस्ताक्षर गरिदिनु भन्दै म कहां आए । हामीले हस्ताक्षर गरे बहुमत पुग्थ्यो । उनिहरुले हामीलाई प्रयोग गर्न खोज्यो, तर हामी चाँही उनिहरुलाई प्रयोग गर्न खोज्थ्यांै । हुन्छ भनेर उनिहरुको निवेदन मैले गोजीमा राखें, त्यसबेला हाम्रो वडाध्यक्ष पार्थबहादुर बुढाथोकी आसामतिर जानु भएको थियो ।
प्रत्येक भेटमा सहि गरि सकियो की छैन ? भन्दै साध्थे । म हुदैछ, भनिदिन्थें । बजेट अधिवेसन भएको निश्चित समय भित्र त्यो निवेदन दर्ता गरे मात्रै कार्यन्वयन हुने नियम थियो । अविश्वासको प्रस्ताव दर्ता गर्नु पर्ने तिथी मिती सकियो । उनिहरुको निवेदन मैले गोजीमा राखिदिएर नै कर्णबहादुर राईलाई बचेका थिए ।
२०४९ साल पछाडीका दोस्रो कथा………….
२०४९ सालमा भएको स्थानिय निर्वाचनबाट पोमप्रसाद दाहाल उपाध्यक्ष पद्धमा निर्वाचित भए । दाहालका प्रतिद्धन्दी नेपाली कांग्रेस उम्मेद्धवार जगन्नाथ धिमाल थिए । प्रजातन्त्र आए पछि पहिलो पटक भएको निर्वाचनमा पथरी गाविसको अध्यक्ष तिलक बान्तावा निर्वाचित भए ।
तत्कालिन उपाध्यक्ष दाहाल भन्छन, अहिले जस्तो ठुलो बजेट हुन्थेन । सानो आकारको बजेटलाई परिचालन गरेर विकास निर्माणका काम गर्नु पर्ने बाध्यता थियो । पथरी गाविसको ९ न. वडा गाविस भरिकै सबै भन्दा कम्यूनिष्टको गढ थियो । त्यसै वडाबाट श्रमदान गरेर विकासको काम अगाडी बढाउने निर्णय भयो । सरकारी नक्सा पहिल्याएर बाटो बनाउन सुरु गरियो । सोही क्रममा केही मानिसहरुले मुद्धा लगाउने दु:ख दिने काम सुरु गरे ।
त्यही समयमा एउटा दुरघटना भयो । एमाले र कांग्रेस विच झडप भयो । वास्तवमा त्यो झडप कसैले चाहेर वा कसैको डिजाइनमा भएको थिएन । त्यो झडप पछि नेतृत्वको हिसावले हामीलाई केही मुद्धा लागेकै हो, तर राष्ट्रिय सहमति अनुसार मेलमिलाप भयो र विकासका काम अगाडी बढेको थियो ।
२०५४ साल पछाडीको कथा……….
२०५४ सालमा पुनस् स्थानिय निर्वाचन भयो । त्यस बेला पथरी गाबिसको अध्यक्ष मोहनप्रसाद तुम्वापो (हाल पथरीशनिश्चरे नगरपालिका प्रमुख) थिए ।
पुन: गाविस उपाध्यक्ष पदमा म पोमप्रसाद दाहाल निर्वाचित भए । त्यो निर्वाचनमा मेरो प्रतिद्धन्दी दिलमान साम्बा हुनुहुन्थ्यो । म एमालेको उम्मेद्धवार र दिलमानजी गठबन्धनको उम्मेद्धवार बन्नु हुनुहन्थ्यो, तर मैले चुनाव जिते । विकास निर्माणका कामहरु भइरहेका थिए । माओबादी र राज्यपक्ष विच द्धन्द सुरु भयो ।
द्धन्दकालको कथा……….
माओबादी र राज्यपक्ष कसैबाट पनि दु:ख दिएनन् । एक पटक माओबादीका शिक्षक संगठनका नेताहरु आए, खाना खाए बौद्धिक नेताहरुनै लाग्यो खासै कुराकानी भएन ।
पछि ६० साल तिर माओबादी नेताहरु प्रेम मिभक र इश्वर ढुङगाना आएका थिए । उनिहरुले इमान्दार तरिकाले सोधे । भने… तपाई हामीसंग आउनु त हुन्न, तर हाम्रो गतिबिधी कस्तो छ ? हामीले तपाईहरु जस्ता अगुवाहरुको सुझावहरु लिदैछौं ।
यसो भनेपछि मैले भने, तपाईहरुको त नम्बर सहितको भाटा हुन्छ रे । कति नम्बरको भाटा मलाई दिनु आटनु भयो ? जिस्केर सोध्दा त्यस्तो होइन भने,
उसो भए पथरीको खाली चौकीको भवन किन भत्काउनु भयो ? त्यो चौकीमा सरकारको एकपैसा परेको छैन । सबै जनताले पैसा उठाएर बनाएको हो भनेपछि उनिहरुले भने, “घाँस काटन पठाएको हात काटेर आएछन” भनेर ठट्यौली गरे ।
त्यो ट्राफिकमा किन बम पडकाउनु भएको भनि सोद्धा, साथीहरुलाई हेर्न पठाउदा त्रसादीले पडकाएछन भने ।
पार्टी संगठन विस्तारका कुरा भए । मैले वहांहरुलाई सुझाव दिए, हिजोका कुखुरा चोरहरुलाई ठुलो जिम्मेवारी दिदा शत्ती दुरुपयोग गर्छन । त्यस्ताले बनाएको संगठनमा मानिसहरु बस्न मान्दैनन । भनेपछि उनिहरुले भने तपाईहरु जस्ता मानिस आउनु हुन्न हामीसंग त्यस्तै छन, सुधार्दै काममा लगाउदैछौं भने ।
अन्त्यमा……..
पोमप्रसाद दाहाल २०११ चैत्र २५ गते सम्दु ५ तेह्रथुम जन्म भएको हो । बाबुआमा सहित स.परिवार २०२८ सालमा झापा बसाइसरि आएका हुन । दाहाल परिवार झापा आइपुगेकै दिन राजा महेन्द्रको मत्यु भएको स्मरण गर्छन । २०३९ सालमा झापाबाट पथरीमा बसाई सरि आए । पथरीमा आए पछि राजनितिमा अलि बढी समय बित्न थालेको हो । त्यस क्रममा मदन भण्डारीको प्रशिक्षण पाएका पोमप्रसाद दाहाल इमान्दार कर्तब्यनिष्ठ कम्यूनिष्ट कार्यकर्ता हुन ।
पथरी गाउँ पार्टीको २ कार्यकाल, इलाका कमिटीमा २ कार्यकाल र निर्वाचन क्षेत्रमा १ कार्यकाल नेतृत्व तहमा रहेर काम गरे । अहिले पनि नेकपा एमालेको संगठित सदस्य हुन ।
स्वास्थ्यको कारण राजनिति छाडेर उपचारको लागी काठमाण्डौंमा बसोबास गर्छन ।
ठुलो छोरा भोलानाथ काठमाण्डौंमा नै कपडाको ब्यापार गर्छन । कान्छा छोरा राधाकृष्णा (रविन) हाल अमेरिकामा छन । १० जना नातिनातिनीको हजुरवा पोमप्रसाद दाहालको उपचारको क्रममा ६ पटक अप्रेसन परेको छ ।
पिसावको इन्फेक्सनका कारण प्रत्येक १५ दिनमा अस्पताल जानु पर्ने भएको हुनाले काठमाण्डौं नै बस्नु परेको बाध्यता सुनाए । पूर्वजनप्रतिनिधी पोमप्रसाद दाहालको स्वास्थ्य लाभको कामना ।
तस्वीरहरु पोमप्रसाद दाहालको फेसबुकबाट सभार






