
पथरी । विराटनगरमा रहेको नोवेल मेडिकल कलेजमा एक जना बालकको जटिल सल्यक्रिया सफल रुपमा सम्पन्न भएको छ ।
बच्चामा देखिएको जटिल तथा दुर्लभ जनजेनिटल डायफ्रामाटिक हर्नियाको सफल उपचार सम्पन्न भएको हो ।
सुनसरीको देवानगञ्ज गाउँ पालिका वडा न. ६ कि गिता मेहेताको कोखबाट जन्मीएको २७ दिनको शिशुको सफल सल्यक्रिया सम्पन्न भएको थियो ।
नवजात शिशु सर्जन डा. संजयकुमार शाहका अनुसार पेट र छातीलाई छुट्याउने (डायाफ्राम) मा प्वाल परेको कारण बच्चाको पेटमा हुनुपर्ने कलेजो आन्द्रा आमासय र फियो छातीमा पुगेकाले फोक्सो थिचिएर बच्चालाई सास फेर्न गाह्रो हुने, अक्सीजनको मात्रा कमी हुने र शरिर निलो हुदै जाने समस्या हुने गरेको थियो ।
सल्यक्रियाको लागी डा. शाहलाई एनएस्थेसियोलोजिस्ट डा. बन्दना पौडेल लगायतका स्वास्थ्यकर्मीहरुले साथ दिएका थिए ।
सल्यक्रिया पश्चात बच्चाको अवस्था राम्रो रहेको हाल डिस्चार्ज दिइएको नोवेल प्रशासनले जानकारी दिएको छ ।






