
विजय खम्बु
पथरी । प्रतिनिधी सभा सदस्य डा.सुनिल शर्मा जनताको समस्या बुझदै ५ दिनका लागी जनताको घरमा हिडि रहेका छन ।
मोरङ क्षेत्र ३ (ख) को सुन्दरहरैँचा नगरपालिका र बेलबारी नगरपालिकाको जनताको घर/घरमा डुलेर समस्या संकलन गर्दै हिंडि रहेका हुन ।
असार २१ गतेदेखी असार २५ गते सम्मा आफ्नो निर्वाचन क्षेत्र अन्तरगतको जनताको घरमा पुगेर सन्चो बिसन्चो सोध्दै विकास निर्माणका लागी स्थलगत अनुगमनमा हिंडिरहेका भेटिन्छन ।
आज असार २३ गते पनि भेटघाट कार्यक्रम रहेको डा. शर्माका स्वकिय सचिव बिवेक लिम्बुले जानकारी दिए ।
स्वकिय सचिव लिम्बुको अनुसार भोली २४ गते दिउँसो २ बजे कानेपोखरी गाउँ पालिका वडा न. ४ को ६ विचमा रहेको भलुवा खोलामा निर्माण सम्पन्न फलाम ट्ष्टको फुल उदघाटन गर्ने कार्यक्रम छ ।






