पथरी । पथरीशनिश्चरे नगरपालिकाले “पहिलो जाती” भनेर घोषणा गरेको धिमाल समुदायका अगुवा काठबहादुर धिमाल यतिबले ७४ वर्ष उमेरका भए । पथरीशनिश्चरे १ मा बसोबास रहेको काठबहादुर धिमाल हिडडुल गर्न लौरोको सहारा लिन्छन ।
काठबहादुर धिमालले बताए अनुसार पथरीमा सबै भन्दा पहिला जंगल फाडेर कृषियोग्य जमिन बनाउने जस धिमाल समुदायलाई जान्छ । यहाँको जग्गाको मालिक धिमाल समुदाय नै हुन तर अहिले बस्नलाई घडेरी मात्र छ ।


धिमाल समुदायका अगुवा काठबहादुर धिमाल “देरामाझी” अर्थात गाउँको मुखिया हुन । मुखियाले बिवाह ब्रतवन्ध मृत्यु पश्चात सुद्धाई लगायत कामको अगुवाई गर्ने गर्छन । बन्धुवान्धव तथा सामाजिक भेलाले गरेको निर्णय कार्यन्वयन गर्ने काम मुखियाको हुन्छ ।
मुखिया काठबहादुर धिमालको पुख्र्यौली जग्गा पथरीमा आफुले थाहा पाए अनुसार ४ बिघा रहेको बताउँछन ।
त्यो ४ बिघा जग्गा मध्ये लप्टन बलबहादुरको साहु ऋण तिर्न बुबाले हालको नमुना पञ्चायत माबिको छेउमा १ बिघा ५ कठठा जग्गा ३ हजार ५ सय रुपैयाँमा बिक्री गरेको स्मरण गर्छन । त्यो पनि धन्न किनेको हो ।
त्यस बेला जग्गा प्रसस्त थियो । मालपोतमा जग्गाको कर तिर्न नसकेर हैरान हुन्थ्यो । कर तिर्न नसकेकै कारण कतिपय धिमालहरुको जग्गा सरकारले नै लग्यो । बिघाको १० रुपैयाँ कर तिर्नु पर्ने थियो ।
पहिला हालको पथरी बजार जंगल थियो । मेनबजारको पिपलचौकमा महाराज थान थियो । बस्ती बढेसंगै त्यहाको देवता मन्दिरलाइन सारिएको बताउँछन, धिमाल समुदायको धार्मिक स्थल अहिले पथरीशनिश्चरे १ मन्दिरलाइन छ ।
पेशाले काठबहादुर धिमाल बैद्य हुन । जडिबुट्टीका औषधी बनाएर बिरामीहरुलाई दिन्छन । पायल्स, पिनास, जण्डीस, छारेरोग र दम सम्बन्धीका बिरामीहरुलाई औषधी दिन्छन ।
सामाजिक काम गरेर बृदअवस्था भएका काठबहादुर अहिले खासै हिंडडुल गर्दैनन् । उत्त रत्तचाप पिडित रहेका काठबहादुर धिमालको स्वास्थ्य लाभको कामना ।

तपाईको प्रतिक्रिया