
विजय खम्बु
पथरी । समाजमा एम्बुलेन्स ड्राइभरको भुमिका महत्वपूर्ण हुन्छ । तर एम्बुलेन्स चालकको कथा कहानी कतै बन्दैन । योगदानको कद्धर कहि हुदैंन । एम्बुलेन्स चालक वर्ष ५९ का पदमलाल न्यौपाने पथरीशनिश्चरे १ का स्थाई बासिन्दा हुन । २० वर्ष अगाडी देखी एम्बुलेन्स चलाउदै आएका न्यौपानेको अनुभव सारंसमा यस प्रकार छ ।
विषय प्रबेश…….

दन्द्धकाल उत्र्कषमा पुगेको बेलामा एम्बुलेन्स चलाउन थालेको हुँ । पथरीशनिश्चरे १ मा स्थापित आरती बहुउद्धेश्य सहकारी संस्थाले एम्बुलेन्स संचालनमा ल्याउदा म चालक थिँए ।
एक पटक बिरामीलाई पुर्याउन इलाम गएर फर्किदै गर्दा झापाको धाइजन मोडमा सडक दुर्घटना भई एक ब्यात्तीको मृत्यु भएर स्थानियले सडक अबरुद्ध गरेका रहेछन ।
सडकमा रहेका प्रहरीले एम्बुलेन्स हो जाउ, भने पछि अगाडी बढेको थिँए । आक्रोसित भिडले मलाई आक्रमण गरे । कुटपिट गरे र एम्बुलेन्सका सिसाहरु तोडफोड गरे । गाडीलाई ब्याक गरेर प्रहरीको शरणमा पुगेर बाँचेको छु । त्यसबेला म रोएको छु ।
त्यस घटनालाई लिएर संस्थाको तर्फबाट तत्कालिन अध्यक्ष छत्र बराल सहित हामीले गाडी तोडफोडको क्षतीपुर्तीका प्रहरीमा निवेदन दिएका थियौं । तर केही हुन सकेन ।
माओबादी क्याम्प…….
जनआन्दोलन सम्पन्न भए पछि माओबादीले दानाबारी, चुलाचुली, टाँडी र याङसिलामा जनमुत्ती सेनालाई क्याम्पीनिङ गरेको थियो । त्यसबेला मैले चलाउने एम्बुलेन्स र मलाई जनमुत्ती सेनाले रिर्जभ गरेको थियो । एक वर्षसम्मा मलाई रिजर्भमा राख्यो । त्यसबेला युद्धमा घाइते भएका बिरामीहरुलाई विराटनगर, धरान घोपा र सिलिगुढीका अस्पतालहरुमा उपचारको लागी लानु पथ्र्यौ ।
कसैको गोली लागेर भुडि पड्किएको, कसैको ग्रिनेटले टाउको फुटाएको बिरामी बोकिन्थ्यो । उपचारको अभावले घाउ कुहिएर गन्हाउथ्यो । एक पटक केही युवा क्याम्पबाट भागेछन । रातभरि खोज्दा हैरान भएको थियौं ।
माओबादी क्याम्पमा कतिपय दिनहरु भोकै बसेको अनुभव छ । गोरुको मासु मेसमा पाक्थ्यो । म नखाने भएपछि भोकै बस्नु पथ्र्यो ।
जयचौकको दुर्घटना………
पथरीशनिश्चरे २ जयचौकमा एक बेलुकापखको समयमा पथरीशनिश्चरे १ को राई थरका युवा सडक दुरघटनामा परेछन । मलाई सुचना आयो । तुरुन्तै पुँगे । एकजना सडक बिचमा लडिरहेका थिए । २ जना सडक छेउमा लडिरहेका थियो ।
केही बाटोमा सवार मानिमानिसलाई उठाउन सहयोग मागेर एम्बुलेन्समा लगायौं । युवाको नल्ली खुट्टाको हड्डी झिरिप्पै हुने गरि भाचिएको रहेछ । धरान घोपा पुर्याए । शरिरमा लगाएको कपडा रगताम्य थियो । इमरर्जेन्सीमा बिरामी जिम्मा दिएर कपडामा धाइ पखाली गरेर फर्किएको छु ।
सुत्केरी लिन जाँदा……..
केचनामा सुत्केरीलाई अस्पताल पुर्याउनका लागी लिन जाँदा बाटोमा गाडी फसियो रात भरि लगाएर गाडी निकालेको थिए ।
तर्साउनेको कथा…….
राती १२ बजेको समय तिर बिरामी लगेर धरान जाँदै थिए । सेउती खोला र तिनकुनेको विच जंगलमा सेतो कपडा लगाएको, कपाल लामो भएको मानिसले बाटो छेकेको थियो । मान्छे रहेछ भनि जोगाउँदा छायाँ रहेछ ।
सडकको यात्रा……..
अस्पताल लाने क्रममा कति पय बिरामीको मृत्यु हुन्छ । विचबाटो नै फर्काउनु पर्छ । नमज्जा लाग्छ । के गर्नु दैवको लिला हो । कतिपय विरामीहरुलाई अस्पताल पुर्याउदा भाडा दिने पैसा नै हुदैन । त्यस्ता मानिसलाई खाजा खाने पैसा दिएर अस्पताल भर्ना गरि घर फर्किन्छु । अस्पतालका डाक्टरहरुलाई यो विरामीको पैसा छैन, उपचार गरिदिनुस धर्म हुन्छ भनेर हिडेको पनि छु ।
अहिले पथरी नगर अस्पतालको एम्बुलेन्स चलाउदै आएको छु । मासिक २७ हजार तलव खुवाँउछ । त्यसैले आफु पनि बाँचेको छु परिवार पनि बचाएको छु ।
अन्त्यमा…..
पदमलाल न्यौपाने थुम्वेदिन ताप्लेजुङमा जन्मेका हुन । ३ छोरा, २ छोरी १ श्रीमती र आमा सहित बस्छन । न्यौपाने जस्ता एम्बुलेन्स चलाउने चालकहरुलाई सबैले सम्मान गर्नै पर्छ । जस्ले विरामीको जीवन बचाउन सहयोग गर्छ ।






