
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा न. ३ का एक ब्यात्तीको कारागारमा मृत्यु भएको छ ।
जिल्ला कारागार विराटनगरमा पुर्पक्षको लागी कारागारमा रहेका वर्ष ६८ वर्षका दलबहादुर दमाईको मृत्यु भएको हो ।
यहि बैसाख ७ गते जिल्ला अदालत मोरङको फैसला अनुसार कर्तब्य ज्यान मुद्धामा कारागारमा चलान भएका थिए ।
मृतक दमाईलाई स्वास्थ्यमा समस्या देखिए पछि कोशी अस्पताल विराटनगर लगिएको र उपचारको क्रममा मृत्यु भएको जेलर कृष्ण खड्काले जानकारी दिए ।






