विजय खम्बु
पथरी । शरिरमा बिराम लागे पछि निको हुनेकी नहुने भनेर मन खेलाउदा खेलाउदै डिप्रेसन भएका कयौं मानिसहरु भेटिन्छन । गाँउघरमा गरिने धामी वा बैद्यबाट उपचारको सुरुवात हुँदा झन बिरामीको ज्याननै जोखिम भएका घटना पनि प्रसस्तै भेटिन्छन ।
अझ प्राणघातक रोग लागेको खण्डमा बिरामीलाई माया मार्ने, बिरामीको मनोबल कमजोर हुने क्रियाकलाप (रुने, रुवाउने) गर्नाले झनै समस्या हुन्छ ।
यसै सोरोफेरोमा प्राणघातक रोग क्यानसरलाई जित्ने ४ जना मानिसहरुको अनुभव यस प्रकार छ ।
५८ वर्षका पण्डीत धिमाल (कोया कान्छा)
पथरीशनिश्चरे १ रत्नचौक मोरङ बस्ने (कोया कान्छा) नामले पथरीमा प्रख्यात पण्डीत धिमाल भरतपुर क्यानसर अस्पताल चितवनबाट डाक्टरले ३ महिना बाच्छस, के खाने मन छ, खानु भनेर पठाएको १३ वर्ष भयो । अहिलेसम्मा बाँचेका छु । अहिले ५८ वर्षको भँए । घाँटी फुलिएर श्वर नआउने समस्या भएपछि उपचारको लागी विराटनगर जाँदा डा. मदन कोइरालाले क्यानसर हो भरतपुर जानु भनेपछि उपचारको लागी चितवन गएको थिए ।
भरतपुरमा डाक्टरलाई भेटना साथ सनाई फुकेको हुनाले गाँड आएको भने । म सनाई फुक्ने जातीको होइन । धिमालको छोरा हुँ । सनाई फुक्दीन भनेपछि उपचारमा सबै डाक्टरहरु लागे ।
एक महिनासम्माको उपचार गराँए । डाक्टरले अप्रेसन गर्नु पर्छ भन्दै पैसा कति छ ? भनेर सोधे । मैले २० हजार छ भनें । डाक्टरले एक लाख रुपैयाँ लाग्छ भने पछि मसंग त्यत्रो पैसा छैन भनेपछि, यति पैसाले अप्रेसन हुदैन भनेर घर पठायो ।
घर आएपछि सिक्किम तिरको एकजना राईनी महिलाले केही जडीबुट्टी दिएकी थिइन । ति महिला मानिसले बोका या फठेक्रीको सातपत्रे भुँडी गोबरसंग नै आगोमा सेकेर कडा घरेलु रक्सीसंग खानु भने, मासु अनिवार्य सकेसम्मा धेरै खाने । खाँदै गए, निको हुँदै गए । करिब ३०/४० वटा जती बोका वा फठेक्रीको सात पत्रे भुँडी खाँए होला । मलाई जडिबट्टि दिने ति महिला कता छन थाहा छैन । हाल तन्दुरुस्त छु । अहिले पनि घरीघरी सातपत्रे भुँडी खान्छु ।
अहिले आफै काम गर्छु । पानी खाने कल गाडछु । दैनिक १५ सय देखी ३ हजार रुपैयाँ सम्मा कमाउँछु । कहिले काहीं औषधीको रुपमा सिक्किमे रम खान्छु । प्रेसरको लागी आयुर्बेदिक औषधी खान्छु । औषधी खानेदिन रक्सी खाँदिन । धिमाल भन्छन, म तन्दुरुस्त छु ।
वर्ष ७० का फुलप्रसाद राई
पथरीशनिश्चरे २ त्रिभुजचौक मोरङ बस्ने वर्ष ७० का फुलप्रसाद राई (आसामेबडा) पनि क्यानसर जितेर आउने ब्यात्ती हुन । ११ वर्ष अगाडी नाकमा मासु पलाएकोले सास फेर्न गाह्रो भयो । नाक, कान र घाँटीका बिशेषज्ञ डा. मदन कोइरालालाई देखाँए ।
डा. कोइरालले घोपा पठाए । घोपामा चेक गराँए । केहीदिन पछि डाक्टरले बोलाएको मिति र समयमा पुगे ।
रिपोर्ट के आएछ भनि सोधे । डाक्टरले रिपोर्ट हेरेर अबिभावक चाहिन्छ भने । रिपोर्टमा उल्लेख भएको कुरा भन्न डाक्टरले अबिभावक चाहिन्छ भनेपछि, मलाई क्यानसर त लागेको रहेछ, यहाँ उपचार हुन्छकी हुदैन भनेर सोधनी गरें । मलाई उपचार गर्ने डाक्टर त मर्छन म क्या होर ? भने पछि डाक्टरले एक पटक भरतपुर जानुपर्छ मात्र भने । पथरी घरमा आएर छोरालाई भरतपुर चितवनको पुग्ने गरि बसको टिकक काटन् पठाए ।
त्यसबेलासम्मा परिवारका कसैलाई पनि केही भनेका थिइन । भरतपुर गएर उपचार गराउने क्रममा श्रीमतीको असाध्य माया पाएको छु । परिवार र आफन्तको साथ सहयोग पाँए । त्यसैले बाँचेको हुँु राई भन्छन । एक दिन उपचारकै क्रममा आफन्तहरु भरतपुरमा पुगे रे । उनलाई देखेपछि सबै जना रुन थालेछन । म पनि बाँच्दीन क्या हो जस्तो लागेर रुन थाँलेछु । तर उच्च मनोबलका सफल उपचार गराएर अहिलेसम्मा बाँचेका छु । घरमा काम गर्छु । खानामा मासु अनिवार्य जस्तै खान्छु । विशेषगरि लोकल सुङगुरको मासु मन पराँउछु । गाँउमा काटेको बेला १० केजीसम्मा किन्छु । राखेर खानासंग खान्छु । मासु नभए अण्डाको अमलेट भएपनि चाहिन्छ ।
फुलप्रसादको सुझाव छ, बिरामीको अगाडी नरोइदिनु, बिरामीलाई झन्झट हुने काम नगर्नु, बिरामीको मनोबलमा असर पर्ने क्रियाकलाप नगर्नु र प्रसस्त खानेकुरा माछा मासु खान दिनु नै उत्तम हुने सुझाव छ । खडग कुमारी राई
पथरीशनिश्चरे २ देवीगञ्ज मोरङ निवासी खडगकुमारी राई ६१ वर्षका भइन । किमो थेरापी गरेर उपचार सफल भयो । अहिले घरको काम आफै गर्न सक्छु । सुङगुर कुखुरा पालेर सामन्य आर्थिक समस्यालाई धानेको छु ।
मैले बिएण्डी अस्पताल बिर्तामोडमा उपचार गराएको हुँ । वर्ष ४० का मणिकुमार राई
पथरीशनिश्चरे २ देविगञ्जका मणि राईले पनि क्यानसरलाई जितेका छन । अहिले ब्यवसायिक लोकल सुङगुर पाल्ने उदेश्यले खोर बनाई रहेका छन । मासुको लागी सुङगुर उत्पादन गर्ने उदेश्यले काम गरिरहेका छन । गालाको भित्रपट्टी बाङगाराको साइटबाट सामन्य घाउनै क्यासरको रुप भएको थियो । धरान घोपामा अप्रेसन गराएर अहिले स्फुती साथ काम गर्छन । अरुलाई सिगरेट, भोला गुडका, पान जस्ता चिज नखान सुझाव दिन्छन ।
अन्त्यमा अहिले स्वास्थ्य क्षेत्रको विकास तिब्र रुपमा भएको छ । औषधी उपचार पाउँदा बाँचिन्छ । सबैले बेलैमा सचेत भएर रोगी भएर बाच्नु भन्दा रोग लाग्न नदिनु नै राम्रो बताउछन । तस्वीरहरु तिम्मा न्यूज

तपाईको प्रतिक्रिया