मृतक सव इन्जीनियर स्व: मन्दिप राई ।
पथरी । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा गत जेठ ३१ गते राती सव इन्जीनियर स्वा. मन्दिप राईको हत्या अभियोगमा ३ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी सरतकुमार थापा क्षेत्रीका अनुसार ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्काभेटर चालक सम्राट केसी, सहचालक विष्णु भुजेल र ठेकेदार बालम राई पक्राउ परेका हुन ।
टेम्केमैयूङ गाउँपालिका वडा नं. ८ र ९ स्थित राउते खोलामा पक्की पुल निर्माणको क्रममा गत जेठ ३१ गते राति मृत्यु भएको थियो ।
स्वार्गिय राईलाई खोलामा आएको बाढीले बगाएर मृत्यु भएको भनिए पनि अहिले मृतकका बाबु डा. इश्वरकुमार राईले हत्या भएका प्रमाणहरु प्रशस्त रहेकोले असार २८ गतेको दिन सरकारी वकिल कार्यालय मार्फत जाहेरी दिएका थिए ।
डा. राईले जाहेरी दिएको आधारमा नै ३ जनालाई पक्राउ गरि अदालतमा म्याद थप गरेर अनुसन्धान कार्यको सुरुवात भएको भोजपुर जिल्ला प्रहरी प्रमुख खत्रीको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया